१९ असार / अर्थ र व्यापार – सर्लाहीको बलरा नगरपालिकामा राष्ट्रिय वाणिज्य बैकको १७५ औं शाखा कार्यालय स्थापना भएको छ । उक्त शाखाको नेपाली कांग्रेसका नेता एवं सांसद डा.अमरेश कुमार सिंहले उद्घाटन गरेका हुन् ।
कार्यक्रममा राष्ट्रिय वाणिज्य बैकका सञ्चालक समितिका अध्यक्ष डा.रबीन्द्र प्रसाद पाण्डेले शहरी, ग्रामिण र दुर्गम सवै स्थानमा बैंकको सक्षम उपस्थितीले देशैभरि वित्तीय समावेशीताको माध्यमबाट वित्तीय पहुंच पुर्याउन सघाउ पुग्ने बताए ।
कार्यक्रममा प्रमुख कार्यकारी अधिकृत किरण कुमार श्रेष्ठले रावा वैकले नयाँ सम्भाव्य क्षेत्रहरुमा शाखा स्थापना गरि दिगो आर्थिक बिकासको लागि वित्तिय पहुंच विस्तार गरिने बताए ।
तपाईको प्रतिक्रिया