१ भाद्र / अर्थ र व्यापार – राष्ट्रिय वाणिज्य बैंकले गत आर्थिक वर्षमा ३० दशमल ८८ प्रतिशतले नाफा बढाएको छ । यो बैंकले गत आवमा ३ अर्ब ८ करोड २६ लाख रुपैयाँ खुँद नाफा कामाएको छ । यो नाफा अघिल्लो वर्षको तुलनामा ७२ करोड ७३ लाख रुपैयाँले बढी हो । अघिल्लो वर्ष यो बैंकले २ अर्ब ३५ करोड ५२ लाख रुपैयाँ खुद मुनाफा गरेको थियो ।
बैंकको गत असारमसान्तसम्मको चुक्ता पुँजी ८ अर्ब ५८ करोड रुपैयाँ छ । यसको जगेडा कोषमा ३ अर्ब ११ करोड रुपैयाँ रहेको छ । बैैंकले गत आवसम्ममा १ खर्ब ५३ अर्ब ५७ करोड रुपैयाँको निक्षेप संकलन गरेर १ अर्ब ६ अर्ब ४३ करोड रुपैयाँ कर्जा सापटी दिएको छ । यसको सीसीडी रेसियो ६४ दशमलव ७७ प्रतिशत रहेको छ । यो बैैंकको निष्किृया कर्जा २.३५ प्रतिशत रहेको छ ।
तपाईको प्रतिक्रिया