६ असोज / अर्थ र व्यापार – राष्ट्रिय वाणिज्य बैंकले ठूलो संख्यामा कर्मचारी माग गराको छ । राष्ट्रिय बाणिज्य बैंकले मुख्य प्रबन्धकदेखि सहायक स्तरका कर्मचारी गरी ५७१ जना माग गरेको छ । बाणिज्य बैंकमा असोज ८ देखि कार्तिक ६ गतेसम्म आवेदन दिन पाइन्छ ।
राष्ट्रिय बाणिज्य बैंकले मुख्य प्रवन्धक एक जना, वरिष्ठ प्रवन्धक दुई जना, प्रबन्धक ४ जना, प्रबन्धक सुचना प्रविधि एक जना, उपप्रवन्धक ८ जना, उप प्रबन्धक लेखा ५ जना, सहायक प्रबन्धक ८५ जना, सहायक प्रबन्धक कानुन ६ जना, सहायक प्रबन्धक इन्जिनियर ३ जना, सहायक प्रवन्धक लेखा १६ जना, सहायक प्रबन्धक कृषि ७ जना, बरिष्ठ सहायक ५६ जना, बरिष्ठ सहायक नगद ३० जना, बरिष्ठ सहायक कम्प्युटर अपरेटर ६ जना, सहायक २४६ जना, सहायक नगद ४० जना, सहायक कम्प्युटर ५५ जना कर्मचारी मागेको छ ।
तपाईको प्रतिक्रिया