८ साउन / अर्थ र व्यापार – राष्ट्र बैंकले बैंक तथा वित्तीय संस्थाबाट ७ दिनको लागि १० अर्ब पुँजी तान्ने भएको छ । साउन ८ गतेदेखि साउन १५ गतेसम्मको परिपक्व अवधि रहेको १० अर्ब बराबरको रिर्भस रिपो राष्ट्र बैंकले जारी गर्न लागेको हो । बैंकहरुमा तरलता धेरै भएमा र लगानी गर्न नसकेमा राष्ट्र बैंकले उनीहरुको प्रणालीबाट रकम खिच्ने गर्छ ।
बैंकहरुको समग्रमा यसअघि तरलताको अनुपात ३१ प्रतिशतसम्म देखिएको भएपनि हाल २५ प्रतिशतको दरमा रहेको तथ्यांक छ । धेरै बैंकमा कर्जा योग्य लगानीको अभाव देखिए पनि केहीमा भने यो समस्या रहेको छैन् ।
तपाईको प्रतिक्रिया