२८ चैत्र /अर्थ र व्यापार - राष्ट्र बैंकले चैत मसान्त शनिवार परेकाले राजश्व बुझ्ने बैंकका शाखाहरु अनिवार्य रुपमा खोल्न निर्देशन दिएको छ । अर्थमन्त्रालयको आग्रहमा केन्द्रीय बैंकले २०७५ चैत ३० गते शनिवार पनि राजश्व प्रयोजनका लागि कार्यालय खोल्न निर्देशन दिएको हो ।
यसैगरी बैशाख १ गते सबै नेपालीको बैंक खाता अभियान सुरु हुने भएकाले त्यसदिन बाणिज्य बैंकहरुले शाखा खोल्ने निर्णय गरेका छन् । बैंकर्स संघको आग्रहमा सदस्य बैंकहरुले खाता खोल्नका लागि शाखा खुला राख्ने निर्णय गरेका हुन् ।
तपाईको प्रतिक्रिया