२१ जेठ /अर्थ र व्यापार - नेपाल राष्ट्र बैंकले बैंक तथा वित्तीय संस्थाले प्रमुख कार्यकारी अधिकृत नियुक्त गर्दा स्वीकृति लिनु पर्ने ब्यवस्था गर्ने भएको छ । अहिले सम्बन्धित बैंक तथा वित्तीय संस्थाको सञ्चालक समितिले प्रमुख कार्यकारी अधिकृत नियुक्त गर्दै आएका छन् । अब सञ्चालक समितिले सीफारिस गर्नु पर्ने र त्यस आधारमा राष्ट्र बैंकले नियुक्त गर्न ठिक वा बेठिक भन्ने निर्णय दिने छ । राष्ट्र बैंकले स्वीकृति दिएपछि मात्र सम्बन्धित बैंकले प्रमुख कार्यकारी नियुक्त गर्ने छ ।
राष्ट्र बैंकले संशोधन तयारी भइरहेको बैंक तथा वित्तीय संस्था सम्बन्धि बिधेयकमा यो ब्यवस्था गर्न लागेको हो । बाफिया आउन ढिला भएमा राष्ट्र बैंकले निर्दे्शिकामार्फत यो ब्यवस्था कार्यान्वयन गर्ने छ । मस्यौदामा प्रस्ताव गरिए अनुसार, सम्बन्धित बैंक तथा वित्तीय संस्थाले प्रमुख कार्यकारी अधिकृतका लागि तीन जनाको नाम सीफारिस गर्नु पर्छ । त्यसका आधारमा राष्ट्र बैंकले आवश्यक निर्णय लिने छ ।
अन्तर्रा्ष्ट्रिय अभ्यासलाई पनि केलाएर यो ब्यवस्था प्रस्ताब गरिएको राष्ट्र बैंक स्रोतको दावी छ । अहिले भारत, श्रीलङ्काजस्ता छिमेकी देशहरुमा पनि केन्द्रीय बैंकको स्वीकृतिपछि मात्र प्रमुख कार्यकारी अधिकृत नियुक्त गर्ने ब्यवस्था छ ।
तपाईको प्रतिक्रिया