logo

राष्ट्र बैंकद्वारा एक अर्ब ३० करोड ५५ लाख रकम बैंक तथा वित्तीय संस्थामा मुद्दती निक्षेपमा राखिने

    1771   पटक पढिएको

२२ बैशाख /अर्थ र व्यापार - नेपाल राष्ट्र बैंकले एक अर्ब ३० करोड ५५ लाख रुपैयाँ बराबरको रकम विभिन्न बैंक तथा वित्तीय संस्थामा मुद्दती निक्षेपमा राख्ने भएको छ । केन्द्रीय बैंकले एक सूचनामार्फत २०७६ जेठ १ गतेदेखि २०७७ वैशाख ३१ गतेसम्म ३६५ दिनको लागि मुद्दती निक्षेपमा राख्ने जनाएको हो । त्रैमासिकरुपमा भुक्तानी हुने गरी लगानी गर्ने गरी सूचना प्रकाशित गरेको छ । 

बैंकले एक अर्ब चार करोड ४४ लाख बराबरको रकम ‘क’ वर्गका वाणिज्य बैंकमा लगानी गर्ने छ । यस्तै ‘ख’ वर्गका बैंकका रु १९ करोड ५८ करोड र ‘ग’ वर्गका राष्ट्रियस्तरका वित्त कम्पनीमा रु छ करोड ५३ लाख मुद्दती निक्षेपमार्फत लगानी गर्ने भएको हो । बैंकले त्यस्तो निक्षेप लिन चाहने बैंक तथा वित्तीय संस्था सञ्चालनमा आएको दुई वर्ष हुनुपर्ने, बैंकबाट तोकिएको न्यूनतम पूँजी कोष कायम भएको, निष्क्रिय कर्जा कूल कर्जा सापटको पाँच प्रतिशतभन्दा कम भएको हुनुपर्ने, खुद तरल सम्पत्ति स्वदेशी निक्षेपको कम्तीमा २० प्रतिशत वा त्योभन्दा बढी रहेको हुनुपर्ने शर्त राखेको छ । 

यस्तै कर्जा स्वदेशी निक्षेप र प्राथमिक पूँजी अनुपात बैंकले समय समयमा निर्धारण गरेको सीमाभित्र रहेको, सञ्चालन मुनाफा कमाएको र रियल स्टेट कर्जा बैंकबाट तोकिएको सीमाभन्दा बढी नभएको, बैंकका सञ्चालक तथा प्रमुख कार्यकारी अधिकृत एवं कार्यकारी सञ्चालक कारवाही परेको हुन नहुने र कारवाहीमा परेको भए फुकुवा भएको छ महीना पूरा भएको हुनुपर्ने शर्त राखिएको छ । 

सर्वसाधारणका लागि छुट्याइएको साधारण शेयर बिक्री गरेको हुनुपर्ने व्यवस्थासमेत त्यस परिमाणको निक्षेपका लागि आवश्यक पर्ने बैंकले जनाएको छ । बैंकले निक्षेप लिनका लागि सिलबन्दी फारम भरी यही वैशाख २३ गतेसम्म आवेदन दिन आग्रह गरेको छ । 
 
 

तपाईको प्रतिक्रिया

सम्बन्धित शीर्षकहरु

मुख्य खबर

नेपालमा जस्तो अवसर र सम्भावना कतै देख्दिन : अध्यक्ष ढकाल

नेपाल उद्योग वाणिज्य महासंघका अध्यक्ष चन्द्रप्रसाद ढकालले आँफूले नेपालमा जताततै सम्भावना र अवसरहरु मात्र देख्ने बताएका छन् । अमेरिकाको टेक्ससमा शनिबार आयोजित हिमालयन कन्क्लेभमा धारणा राख्दै उनले

पर्यटन व्यवसायी अंगाईले गरे पुनर्निर्माण कोषमा १ लाख सहयोग

युवा पर्यटन व्यवसायी तथा आर्यतारा होल्डिङसका अध्यक्ष नवराज अंगाईले सरकारले सुरु गरेको भौतिक पूर्वाधार पुनर्निर्माण कोषमा १ लाख रुपैयाँ सहयोग गरेका छन् । जेनजी आन्दोलनको क्रममा तोडफोड र आगजनी

शीतल निवासमा ४ मन्त्रीले लिए शपथ

अन्तरिम सरकारमा नियुक्त भएका थप ४ मन्त्रीले अहिले पद तथा गोपनीयताको शपथ लिएका छन् ।

निजी क्षेत्रको मनोबल कम हुन दिंदैनौं : नवनियुक्त अर्थमन्त्री खनाल

नवनियुक्त अर्थमन्त्री रामेश्वर खनालले निजी क्षेत्रको मनोबल कम हुन नदिने बताएका छन् । सोमबार अर्थ मन्त्रालयमा पदभार ग्रहण गर्दै खनालले यस्तो बताएका हुन् ।

मनोरञ्जन

रियालिटी शो ‘एक्टिङ स्टार’ कलाकार बन्ने र सिनेमा खेल्ने अवसर

रियालिटी शो ‘एक्टिङ स्टार’को केहि महिना अघि डिजिटल अडिसनको आव्हान गरिएको थियो । डिजिटल अडिसन मार्फत हालसम्म कलाकार बन्न चाहने ५०० भन्दा बढीले भिडियो खिचेर पठाएको कार्यक्रम निर्माण कम्पनी महक मिडिया नेटवर्कले जानकारी गराएको छ ।

नयाँ रियालिटी शो ‘एक्टिङ स्टार’को डिजिटल अडिसन खुल्ला

अभिनयमा रुची राख्नेहरुका लागि नयाँ रियालिटी शो ‘एक्टिङ स्टार’को घोषणा भएको छ । आगामी १ भदौ देखि एक महिनासम्मको लागि डिजिटल अडिसन खुल्ला गरिएको छ ।

१० करोड रुपैयाँ लगानीको दीपक र दीपाको सिनेमा हल संचालनमा

कलाकारहरु दीपकराज गिरी, दीपाश्री निरौला र निर्मल शर्माको लगानी रहेको मल्टिलप्लेक्स हल शुक्रबारबाट संचालनमा आएको छ ।