logo

राष्ट्र बैंकले यस बर्ष १५ अर्बको नयाँ नोट बाँड्दै 

    1441   पटक पढिएको

२८ भदौ / अर्थ र व्यापार – नेपाल राष्ट्र बैंकले यस वर्ष पाँच, दश, बिस, पचास र सय रुपैयाँको १५ अर्ब रुपैयाँभन्दा बढीको नयाँ नोट बजारमा पठाउने भएको छ । राष्ट्र बैंकले बुधबारदेखि मुद्रा व्यवस्थापन विभाग थापाथलीका साथै तीन वाणिज्य बैंकको १६ शाखा कार्यालय मार्फत सर्वसाधारणलाई नयाँ नोट वितरणको थालनी गर्दैछ । 

गत वर्ष १० अर्ब ३१ करोडका नयाँ नोट वितरण गरिएकोमा यस बर्ष सोमबारसम्म ५ अर्ब ८४ करोड ५५ लाखका रूपैयाँको नयाँ नोट विभिन्न बैंक तथा वित्तिय संस्था र सरकारी कार्यालयलाई केन्द्रीय बैंकले वितरण गरिसकेको छ ।

गत वर्षहरुमा ७ दिन नयाँ नोट सटही सुविधा दिँदै आएको केन्द्रीय बैङ्कले यस वर्ष भने ३ दिन थप गरेर १० दिन वितरण गर्नेछ । अघिल्लो वर्षमा थापाथलीबाट मात्र नयाँ नोट वितरण गर्दे आएको राष्ट्र बैंकले यस बर्ष कृषि विकास बैङ्कको पाँच शाखा, नेपाल बैङ्कको पाँच शाखा र राष्ट्रिय वाणिज्य बैङ्कको ६ शाखा कार्यालयबाट प्रतिव्यक्ति २० हजार रुपैयाँको नयाँ नोट वितरण गर्न लागेको हो ।

राष्ट्र बैङ्क, मुद्रा व्यवस्थापन विभागका सटही काउण्टर पुगेर नयाँ नोट सहटी गर्नेले भने अन्य १६ स्थानको भन्दा थप ७ हजार गरि २७ हजार रुपैयाँको खुद्रा नयाँ नोट सहटी गर्न सक्ने छ । काठमाडौं उपत्यकामा राष्ट्र बैङ्कको थापाथली कार्यालयका साथै सर्वसाधारणलाई पायक पर्ने गरी अन्य १६ स्थान तथा भक्तपुरमा गुडविल फाइनान्सले समेत नयाँ नोट वितरण गर्नेछ । 

त्यसका साथै अन्य बैङ्क तथा वित्तीय संस्थाले पनि अघिल्ला बर्षहरुमा जस्तै आफ्ना ग्राहकलाई नयाँ नोटको सुविधा दिनेछन् । राष्ट्र बैङ्कको मुद्रा व्यवस्थापन विभागका अनुसार थापाथलीबाट टोकन मार्फत दैनिक २ हजार जनालाई नयाँ नोट वितरण गरिनेछ । अन्य १६ स्थानबाट प्रतिस्थान २०० जनाले नोट साट्न सक्ने छ । नयाँ नोट वितरण गर्दा पारदर्शिता अपनाउन मुद्रा व्यवस्थापन विभागले राष्ट्र बैंक सुपरिवेक्षण विभागलाई अनुगमनको लागि आग्रह गरिएको छ । 

यस्तै, राष्ट्र बैङ्कको आफ्नो पाँच क्षेत्रीय कार्यालय र राष्ट्रिय वाणिज्य बैंक र नेपाल बैंकमा राष्ट्र बैंकको ७७ ओटा नोट कोषबाट उपत्यका बाहिर रहेका स्थानीय स्तरको बैंक तथा वित्तिय संस्थालाई नयाँ नोट वितरण गर्नेछ । संबैधानिक नियाक, सरकारी कार्यालय, संस्थान, सेना, प्रहरी, लगायतका संघसंस्थाहरुले भने संस्थाको आधिकारिक पत्रको आधारमा भने भदौ ३० गतेसम्म सटही गर्नसक्ने छ ।

 

तपाईको प्रतिक्रिया

सम्बन्धित शीर्षकहरु

मुख्य खबर

नेपालमा जस्तो अवसर र सम्भावना कतै देख्दिन : अध्यक्ष ढकाल

नेपाल उद्योग वाणिज्य महासंघका अध्यक्ष चन्द्रप्रसाद ढकालले आँफूले नेपालमा जताततै सम्भावना र अवसरहरु मात्र देख्ने बताएका छन् । अमेरिकाको टेक्ससमा शनिबार आयोजित हिमालयन कन्क्लेभमा धारणा राख्दै उनले

पर्यटन व्यवसायी अंगाईले गरे पुनर्निर्माण कोषमा १ लाख सहयोग

युवा पर्यटन व्यवसायी तथा आर्यतारा होल्डिङसका अध्यक्ष नवराज अंगाईले सरकारले सुरु गरेको भौतिक पूर्वाधार पुनर्निर्माण कोषमा १ लाख रुपैयाँ सहयोग गरेका छन् । जेनजी आन्दोलनको क्रममा तोडफोड र आगजनी

शीतल निवासमा ४ मन्त्रीले लिए शपथ

अन्तरिम सरकारमा नियुक्त भएका थप ४ मन्त्रीले अहिले पद तथा गोपनीयताको शपथ लिएका छन् ।

निजी क्षेत्रको मनोबल कम हुन दिंदैनौं : नवनियुक्त अर्थमन्त्री खनाल

नवनियुक्त अर्थमन्त्री रामेश्वर खनालले निजी क्षेत्रको मनोबल कम हुन नदिने बताएका छन् । सोमबार अर्थ मन्त्रालयमा पदभार ग्रहण गर्दै खनालले यस्तो बताएका हुन् ।

मनोरञ्जन

रियालिटी शो ‘एक्टिङ स्टार’ कलाकार बन्ने र सिनेमा खेल्ने अवसर

रियालिटी शो ‘एक्टिङ स्टार’को केहि महिना अघि डिजिटल अडिसनको आव्हान गरिएको थियो । डिजिटल अडिसन मार्फत हालसम्म कलाकार बन्न चाहने ५०० भन्दा बढीले भिडियो खिचेर पठाएको कार्यक्रम निर्माण कम्पनी महक मिडिया नेटवर्कले जानकारी गराएको छ ।

नयाँ रियालिटी शो ‘एक्टिङ स्टार’को डिजिटल अडिसन खुल्ला

अभिनयमा रुची राख्नेहरुका लागि नयाँ रियालिटी शो ‘एक्टिङ स्टार’को घोषणा भएको छ । आगामी १ भदौ देखि एक महिनासम्मको लागि डिजिटल अडिसन खुल्ला गरिएको छ ।

१० करोड रुपैयाँ लगानीको दीपक र दीपाको सिनेमा हल संचालनमा

कलाकारहरु दीपकराज गिरी, दीपाश्री निरौला र निर्मल शर्माको लगानी रहेको मल्टिलप्लेक्स हल शुक्रबारबाट संचालनमा आएको छ ।