logo

साउन २० देखि कामना र सेवा विकास बैंकको एकीकृत कारोबार सुरु

    1556   पटक पढिएको

१२ साउन / अर्थ र व्यापार – पोखरामा केन्द्रीय कार्यालय रहेको कामना ञच्टर बुटबलमा मुख्य कार्यालय रहेको सेवा  विकास बैंकले साउन २० गतेबाट एकीकृत कारोबार थाल्ने भएका छन् । मर्जपछि बन्ने कामना सेवा विकास बैंकको कारोबार गर्न तथ्याङ्क मिलानका लागि साउन १९ गते विहीबार कारोबार बन्द हुनेछ । 

कम्पनी रजिष्ट्रारको कार्यालयले साउन ११ गते एकीकृत कारोबार गर्न अन्तिम स्वीकृति प्रदान गरेपछि बैंकले एकीकृत कारोबारको मिति तय गरेको हो । सेवा विकास बैंकको गाभिने दिनसम्म कायम रहेको सम्पत्ति तथा दायित्व गाभ्ने संस्था कामना विकास बैंकले सकार्ने र व्यहोर्ने गरी कम्पनी रजिष्ट्रारले स्वीकृति दिएको हो । बैंकले यसअघि असार २० गते एकीकृत कारोबार गर्न नेपाल राष्ट्र बैंकबाट अन्तिम स्वीकृति पाइसकेको छ ।

मर्जपछि बैंकको केन्द्रिय कार्यालय पोखरा सृजनाचोकमा रहने र सेवा बैंकको कार्यालय शाखा कार्यालयको रुपमा सञ्चालन हुने छ । गत जेठ २५ गते सम्पन्न दुवै बैंकको विशेष साधारणसभाले १ बराबर १ स्वाप रेसियोमा मर्जर प्रस्ताव पारित गरेका हुन् ।

 

तपाईको प्रतिक्रिया

सम्बन्धित शीर्षकहरु

मुख्य खबर

नेपालमा जस्तो अवसर र सम्भावना कतै देख्दिन : अध्यक्ष ढकाल

नेपाल उद्योग वाणिज्य महासंघका अध्यक्ष चन्द्रप्रसाद ढकालले आँफूले नेपालमा जताततै सम्भावना र अवसरहरु मात्र देख्ने बताएका छन् । अमेरिकाको टेक्ससमा शनिबार आयोजित हिमालयन कन्क्लेभमा धारणा राख्दै उनले

पर्यटन व्यवसायी अंगाईले गरे पुनर्निर्माण कोषमा १ लाख सहयोग

युवा पर्यटन व्यवसायी तथा आर्यतारा होल्डिङसका अध्यक्ष नवराज अंगाईले सरकारले सुरु गरेको भौतिक पूर्वाधार पुनर्निर्माण कोषमा १ लाख रुपैयाँ सहयोग गरेका छन् । जेनजी आन्दोलनको क्रममा तोडफोड र आगजनी

शीतल निवासमा ४ मन्त्रीले लिए शपथ

अन्तरिम सरकारमा नियुक्त भएका थप ४ मन्त्रीले अहिले पद तथा गोपनीयताको शपथ लिएका छन् ।

निजी क्षेत्रको मनोबल कम हुन दिंदैनौं : नवनियुक्त अर्थमन्त्री खनाल

नवनियुक्त अर्थमन्त्री रामेश्वर खनालले निजी क्षेत्रको मनोबल कम हुन नदिने बताएका छन् । सोमबार अर्थ मन्त्रालयमा पदभार ग्रहण गर्दै खनालले यस्तो बताएका हुन् ।

मनोरञ्जन

रियालिटी शो ‘एक्टिङ स्टार’ कलाकार बन्ने र सिनेमा खेल्ने अवसर

रियालिटी शो ‘एक्टिङ स्टार’को केहि महिना अघि डिजिटल अडिसनको आव्हान गरिएको थियो । डिजिटल अडिसन मार्फत हालसम्म कलाकार बन्न चाहने ५०० भन्दा बढीले भिडियो खिचेर पठाएको कार्यक्रम निर्माण कम्पनी महक मिडिया नेटवर्कले जानकारी गराएको छ ।

नयाँ रियालिटी शो ‘एक्टिङ स्टार’को डिजिटल अडिसन खुल्ला

अभिनयमा रुची राख्नेहरुका लागि नयाँ रियालिटी शो ‘एक्टिङ स्टार’को घोषणा भएको छ । आगामी १ भदौ देखि एक महिनासम्मको लागि डिजिटल अडिसन खुल्ला गरिएको छ ।

१० करोड रुपैयाँ लगानीको दीपक र दीपाको सिनेमा हल संचालनमा

कलाकारहरु दीपकराज गिरी, दीपाश्री निरौला र निर्मल शर्माको लगानी रहेको मल्टिलप्लेक्स हल शुक्रबारबाट संचालनमा आएको छ ।