४ असोज / अर्थ र व्यापार – पूर्णिमा विकास बैंकले गत वर्षको कमाईबाट २५ प्रतिशत लाभांश वितरण गर्ने प्रस्ताव गरेको छ । बैंकको सोमबार बसेको बोर्ड बैठकले २४ प्रतिशत बोनस सहित उक्त लाभांश वितरण गर्ने निर्णय गरेको हो ।
बैंकले गत वर्षको कमाईबाट ८ करोड ९० लाख बराबरको लाभांश बाड्ने भएको प्रस्ताव गरेको छ । जसमध्ये बानेस बापत ८ करोड ४५ लाख ५० हजार र बाँकी रकम कर प्रयोजनका लागि वितरण गर्ने छ ।
बैंकले गत आर्थिक वर्षमा १० करोड एक लाख ५३ हजार रुपैंया खुद नाफा कमाएको थियो । बैंकको चुक्ता पूँजी ३५ करोड २३ लाख ८५ हजार रुपैंयाँ छ । बोनसपछि बैंकको पूँजी ४३ करोड ६९ लाख ३५ हजार रुपैयाँ पुग्नेछ ।
तपाईको प्रतिक्रिया