२१ जेठ / अर्थ र व्यापार- जीवन बिमा कम्पनीहरुको बजारमा प्रतिकित्ता सेयर मूल्य २ हजार ५ सय रुपैयाँसम्ममा कारोबार भइरहेको छ । सबैभन्दा कम मूल्य हुनेको पनि ८ सयमा सेयर कारोबार भइरहेको छ । तर, अबको २ वर्र्षिभत्रमा लगानीकर्ताले कम्तिमा पनि १० जीवन बिमा कम्पनीमा कम मूल्य तिरेर सेयरमा लगानी गर्न सक्ने छ ।
हालै १० नयाँ बिमा कम्पनी सञ्चालनको तयारीमा रहेकाले लगानीकर्ताले यस्तो अवसर पाउने भएका हुन् । सञ्चालनमा आएको पहिलो वर्षको बार्षिक वित्तीय विवरण प्रकाशनपछि मात्र कुनैपनि कम्पनीले सर्वसाधारणमा सेयर जारी गर्न सक्ने धितोपत्र दर्ता तथा निष्काशन नियमावली २०७३ मा उल्लेख छ ।
प्रक्रियामा रहेका १० नयाँ जीवन बिमा कम्पनी अबको तीन महिना (असोज) सम्ममा सञ्चालनमा आइसक्ने छन् । आगामी आर्थिक वर्षको वित्तीय विवरण प्रकाशित गरेपछि नयाँ बिमा कम्पनीहरुले सेयर जारी प्रक्रिया अगाडी बढाउन सक्छन् ।
तपाईको प्रतिक्रिया