२८ चैत्र /अर्थ र व्यापार - प्रोग्रेसिभ फाइनान्स कम्पनीको अवितरित हकप्रद शेयरको लिलामीमा किन्ने आज अन्तिम दिन हो । कम्पनीले चैत २८ गतेसम्मका लागि सर्वसाधारण तर्फको अवितरित ६ लाख ६७ हजार ३०५ कित्ता शेयर लिलामीमा ल्याएको हो । प्रतिकित्ता न्युनतम रू. १०० तोकिएको उक्त शेयर खरिदका लागि सो भन्दा बढी मूल्य अंकित गरी बोलकबोल गर्नुपर्नेछ ।
बोलकबोल गर्दा न्युनतम १०० कित्ताको लागि आवेदन दिन सकिनेछ भने अधिकतमका लागि कुनै सीमा तोकिएको छैन् । बोलपत्र पेश गर्नका लागि विक्री प्रबन्धक सनराइज क्यापिटल लिमिटेड , कमलपोखरी, काठमाडौं तथा सन्राइज बैंक लिमिटेडको विराटनगर, विर्तामोड, बीरगंज, जनकपुर,हेटौडा, नारायणगढ, पोखरा, बुटवल, घोराही, नेपालगंज, सुर्खेत, धनगढी र महेन्द्रनगरको शाखा कार्यालयहरुमा सम्पर्क गर्न सकिनेछ ।
तपाईको प्रतिक्रिया