logo

प्रोग्रेशिभ फाइनान्सको चालु आर्थिक वर्षको तेस्रो त्रैमासमा २ करोड ९१ लाख नाफा

    845   पटक पढिएको

१७ बैशाख /अर्थ र व्यापार - प्रोग्रेशिभ फाइनान्सको चालु आर्थिक वर्षको तेस्रो त्रैमासमा दुई करोड ९१ लाख रुपैयाँ खुद नाफा भएको छ । गत वर्षको यसै अवधिमा फाइनान्स ९७ लाख ११ हजार रुपैयाँ नोक्सानीमा थियो । फाइनान्सले खुद ब्याज आम्दानीमा १२० प्रतिशतको वृद्धि सँगै खराब कर्जा वापतको तीन करोड ४ लाख रुपैयाँ असुली गर्दा नोक्सानीबाट नाफामा गएको हो ।

चुक्ता पूँजी ७१ करोड २१ लाख रुपैयाँ रहेको फाईनान्सको जगेडा कोषमा चार करोड २५ लाख रुपैयाँ सञ्चित छ । चैत्र मसान्तसम्ममा ८२ करोड ७२ लाख रुपैयाँ निक्षेप संकलन गरेको फाइनान्सले ८८ करोड ४४ लाख रुपैयाँ कर्जा प्रवाह गरेको छ । समीक्षा अवधिमा ४ करोड १२ लाख रुपैयाँ खुद ब्याज आम्दानी गरेको छ । यो गतवर्षको तुलनामा १२० प्रतिशतले बढी हो । गत वर्षको यसै अवधिमा फाइनान्सले एक करोड ८७ लाख रुपैयाँ खुद ब्याज आम्दानी गरेको थियो । फाइनन्समा निष्कृय कर्जा अनुपात ३.३९ प्रतिशत छ । फाइनान्सको प्रतिशेयर आम्दानी ४ पैयाँ १० पैसा छ भने प्रतिशेयर नेटवर्थ १०५ रुपैयाँ ९७ पैसा छ । मूल्य आम्दानी अनुपात ३०.१ गुणाले बढी छ ।

तपाईको प्रतिक्रिया

सम्बन्धित शीर्षकहरु

मुख्य खबर

तीनकुनेमा राजावादीको प्रदर्शन: प्रहरी र प्रदर्शनकारीबीच झडप, क्षणभरमै रणमैदान

काठमाडौंको तीनकुने क्षेत्रमा राजावादीहरूले तोकिएको घेरा तोड्न खोजेपछि प्रदर्शनकारी र प्रहरीबीच झडप भएको छ । अवस्था तनावग्रस्त भएको छ ।

नेपालको गरिबी निवारणमा रेमिट्यान्सको भूमिका महत्वपूर्ण : विश्व बैंक

विश्व बैंकले नेपालको गरिबी निवारणमा रेमिट्यान्सको भूमिका महत्वपूर्ण रहेको जनाएको छ । यसैगरी, विश्व बैंकले नेपालले चरम गरिबी लगभग निवारण गरेको र गरिबी न्यूनीकरणमा उल्लेखनीय सफलता हासिल गरेको बताएको छ ।

सरकारले संसदमा दर्ता गर्यो सामाजिक सञ्जालसम्बन्धी विधेयक

सरकारले सामाजिक सञ्जालसम्बन्धी विधेयक संसदमा दर्ता गराएको छ । राष्ट्रिय सभामा सरकारका प्रवक्ता एवं सञ्चार तथा सूचना प्रविधिमन्त्री पृथ्वीसुब्बा गुरुङले सो विधेयक संसदुमा दर्ता गराएका हुन् ।

स्वदेशी र विदेशी पर्यटकको आकर्षक गन्तव्य बन्दै रिभरफन बिच रिसोर्ट

चितवनको कुरिनघाटस्थित रिभरफन बिच रिसोर्टमा लगानी थपेर क्षमता विस्तार गरिएपछि रिसोर्ट एजुकेशन र एड्भेञ्चर हवको रुपमा विकास भएको छ । रिभरफन बिच रिसोर्ट, काठमाडौंवाट ९९ किलोमिटर दुरीमा

मनोरञ्जन

रियालिटी शो ‘एक्टिङ स्टार’ कलाकार बन्ने र सिनेमा खेल्ने अवसर

रियालिटी शो ‘एक्टिङ स्टार’को केहि महिना अघि डिजिटल अडिसनको आव्हान गरिएको थियो । डिजिटल अडिसन मार्फत हालसम्म कलाकार बन्न चाहने ५०० भन्दा बढीले भिडियो खिचेर पठाएको कार्यक्रम निर्माण कम्पनी महक मिडिया नेटवर्कले जानकारी गराएको छ ।

नयाँ रियालिटी शो ‘एक्टिङ स्टार’को डिजिटल अडिसन खुल्ला

अभिनयमा रुची राख्नेहरुका लागि नयाँ रियालिटी शो ‘एक्टिङ स्टार’को घोषणा भएको छ । आगामी १ भदौ देखि एक महिनासम्मको लागि डिजिटल अडिसन खुल्ला गरिएको छ ।

१० करोड रुपैयाँ लगानीको दीपक र दीपाको सिनेमा हल संचालनमा

कलाकारहरु दीपकराज गिरी, दीपाश्री निरौला र निर्मल शर्माको लगानी रहेको मल्टिलप्लेक्स हल शुक्रबारबाट संचालनमा आएको छ ।