logo

नेपाल एसबिआई बैंकको नाफा १४ प्रतिशतले बढ्यो

    1292   पटक पढिएको

२७ साउन / अर्थ र व्यापार – गत आव २०७३/७४ मा नेपाल एसबिआई बैंकको नाफा करिब १४ प्रतिशतले बढेर १ अर्ब ५२ करोड रुपैयाँ पुगेको छ । अघिल्लो आव २०७२/७३ मा भने बैंकको नाफा १ अर्ब ३३ करोड रहेको थियो । बैंकको खुद व्याज आम्दानी २० प्रतिशतले बढेर २ अर्ब ९१ करोड रुपैयाँ पुगेको छ । बैंकले फि कमिसनबाट ४८ करोड रुपैयाँ, अन्य सञ्चालनबाट ४४ करोड र बिदेशी मुद्राको कारोबारबाट बैंकले २२ करोड रुपैयाँ आम्दानी गरेको छ ।

बैंकले यसअघि नोक्सान बापत राखेको २ करोड ८० लाख फिर्ता ल्याएको छ । त्यस्तै, यसपटक भने सम्भावित नोक्सान व्यवस्थाको लागि १ अर्ब ८७ करोड रुपैयाँ छुट्याएको छ । बैंकको खराब कर्जा ०.१० प्रतिशत रहेको छ भने प्रावधान १ हजार १ सय ३२ प्रतिशत गरेको छ । बैंकको कर्मचारी लागत २५ करोडले बढेको छ भने अन्य सञ्चालन लागत पनि करिब १४ करोडले वृद्धि भएको छ । बैंकले ओभर ड्राफ्ट शीर्षकमा ३२ अर्ब करोड लगानी गरेको छ ।

बैंकको चुक्ता पुँजी ६ अर्ब ९२ करोड रहेको छ । चुक्ता पुँजी बढेपछि सेयरमा प्रतिफल सामान्य घटेको छ । यो दर २०.४२ प्रतिशत छ । प्रतिसेयर आम्दानी ३०.६२ रुपैयाँ रहेको छ । बैंकको सञ्चिती ३ अर्ब ५० करोड रहेको छ । बैंकले यसपटकको नाफाबाट सञ्चितमा राख्नुपर्ने २० प्रतिशत बराबरको रकम र सामाजिक दायित्वको लागि छुट्याउनु पर्ने १ प्रतिशत अलग्याउदा साधारण सेयरको आधारमा लगभग १७.३८ प्रतिशत लाभांश दिन सक्ने अवस्था देखिएको छ ।

बैंकको निक्षेप संकलन २२ प्रतिशतले बढेर ८१ अर्ब र कर्जा लगानी ३४ प्रतिशतले बढेर ६३ अर्ब पुगेको छ । बैंकको सीसीडी रेसीयो ७५ प्रतिशत रहेको छ । कर्जा लगानीको लागि आधार लिइने बेस रेट ८.९८ प्रतिशत रहेको छ । बैंकमा पुँजी पर्याप्तता अनुपात १५.७६ रहेको छ । बैंकको प्रतिसेयर नेटवर्थ १ सय ५० रुपैयाँ रहेको छ ।

 

तपाईको प्रतिक्रिया

सम्बन्धित शीर्षकहरु

मुख्य खबर

निगमले सिनामंगलस्थित हवाइ इन्धन डिपो गुहेश्वरीमा स्थानान्तरण गर्ने

नेपाल आयल निगमले त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थल परिसर सिनामंगलबाट करिब ५० वर्ष पुरानो हवाई इन्धन डिपो स्थानान्तरण गर्ने भएको छ । त्यहाँबाट सारिएको सो डिपो काठमाडौको गुहेश्वरीतर्फ निर्माण हुने छ ।

विकास र लगानीलाई रोक्नु समृद्धि र प्रगतिलाई अवरुद्ध गर्नु हो : अध्यक्ष ढकाल

नेपाल उद्योग वाणिज्य महासंघका अध्यक्ष चन्द्रप्रसाद ढकालले विकास र लगानीलाई रोकेर मुलुकको आर्थिक समृद्धि र प्रगतिलाई अवरुद्ध पार्दा हाम्रो पुस्ता मात्र नभएर भावि पुस्तालाई समेत गरिबी र अभावको दुस्चक्रमा पार्ने बताएका छन्

अब श्रम स्वीकृति लिएका नेपालीलाई भारतको बाटो हुँदै जाँदा एनओसी नचाँहिने

वैधानिक रुपमा श्रम स्वीकृति भएका नेपाली नागरिकहरूलाई भारतको विमानस्थल हुँदै श्रम गन्तव्य मुलुक जानका लागि अब नो अब्जेक्सन सर्टिफिकेट (एनओसी) नचाँहिने व्यवस्था लागु गरिएको छ ।

एनआरएनए ग्लोबल कन्केभ र वार्षिक साधरणसभा , एनआरएनएमा कुनै राजनीतिक हस्तक्षेप हुँदैन: प्रधानमन्त्री

रुपान्तरण र एकताः श्रम, लगानी र नागरिकताको निरन्तरता भन्ने मुख्य विषयमा केन्द्रित रही काठमाडौंमा एनआरएनए ग्लोबल कन्केभ तथा वार्षिक साधरणसभा शुरु भएको छ ।

मनोरञ्जन

नयाँ रियालिटी शो ‘एक्टिङ स्टार’को डिजिटल अडिसन खुल्ला

अभिनयमा रुची राख्नेहरुका लागि नयाँ रियालिटी शो ‘एक्टिङ स्टार’को घोषणा भएको छ । आगामी १ भदौ देखि एक महिनासम्मको लागि डिजिटल अडिसन खुल्ला गरिएको छ ।

१० करोड रुपैयाँ लगानीको दीपक र दीपाको सिनेमा हल संचालनमा

कलाकारहरु दीपकराज गिरी, दीपाश्री निरौला र निर्मल शर्माको लगानी रहेको मल्टिलप्लेक्स हल शुक्रबारबाट संचालनमा आएको छ ।

पाण्डेको ‘सहायक श्रीमान’लाई अमेरिकामा उत्कृष्ट अन्तर्राष्ट्रिय डकुमेन्ट्री अवार्ड

नेपालका कतिपय हिमाली क्षेत्रमा विद्यमान बहुपति प्रथाका बारेमा निर्मित वृत्तचित्र ‘सहायक श्रीमान’ (को–हजबेन्ड)ले आठौं कब इन्टरनेसनल फिल्म फेस्टिवलमा उत्कृष्ट उपाधि जितेको छ ।