logo

माछापुच्र्छे बैंकको नाफा ४५ प्रतिशतले बढ्यो

    1176   पटक पढिएको

२२ साउन / अर्थ र व्यापार – गत आव २०७३/७४ मा माछापुच्र्छे बैंकको नाफा करिब ४५ प्रतिशतले बढेर १ अर्ब ३० करोड रुपैयाँ पुगेको छ । अघिल्लो आव २०७२/७३ मा भने बैंकको नाफा ८९ करोड रहेको थियो । बैंकको खुद व्याज आम्दानी २५ प्रतिशतले बढेर २ अर्ब ३२ करोड रुपैयाँ पुगेको छ । बैंकले फि कमिसनबाट १२ करोड रुपैयाँ, अन्य सञ्चालनबाट ३० करोड र विदेशी मुद्राको कारोबारबाट बैंकले १३ करोड रुपैयाँ आम्दानी गरेको छ ।

बैंकले यसअघि नोक्सान बापत राखेको १३ करोड फिर्ता ल्याएको छ । त्यस्तै, यसपटक भने सम्भावित नोक्सान व्यवस्थाको लागि १३ करोड ६० लाख रुपैयाँ छुट्याएको छ । बैंकको खराब कर्जा ०.३७ प्रतिशत रहेको छ भने प्रावधान ३ सय ५८ प्रतिशत गरेको छ । बैंकको चुक्ता पुँजी ६ अर्ब ५९ करोड रहेको छ । चुक्ता पुँजी बढेपछि सेयरमा प्रतिफल घटेको छ । यो दर १४.२७ प्रतिशत छ । प्रतिसेयर आम्दानी २३.९८ रुपैयाँ रहेको छ । बैंकको सञ्चिती २ अर्ब ५१ करोड रहेको छ । 

बैंकले यसपटकको नाफाबाट सञ्चितमा राख्नुपर्ने २० प्रतिशत बराबरको रकम र सामाजिक दायित्वको लागि छुट्याउनु पर्ने १ प्रतिशत अलग्याउँदा लगभग १५.५७ प्रतिशत लाभांश दिन सक्ने अवस्था देखिएको छ । बैंकको निक्षेप संकलन १२ प्रतिशतले बढेर ५८ अर्ब र कर्जा लगानी १७ प्रतिशतले बढेर ५१ अर्ब पुगेको छ । बैंकको सीसीडी रेसीयो ७६.५८ प्रतिशत रहेको उल्लेख छ । कर्जा लगानीको लागि आधार लिइने बेस रेट १०.२९ प्रतिशत रहेको छ । बैंकमा पुँजी पर्याप्तता अनुपात १७.४८ रहेको छ । बैंकको प्रतिसेयर नेटवर्थ १ सय ३६ रुपैयाँ रहेको छ ।

बैंकको कर्मचारी लागत २ करोडले बढेको छ भने अन्य सञ्चालन लागत पनि करिब ५ करोडले वृद्धि भएको छ । बैंकले सेयर धितोको कर्जामा मात्रै १२ करोड, ओभर ड्राफ्ट शीर्षकमा १३ अर्ब ४४ करोड लगानी गरेको छ ।

तपाईको प्रतिक्रिया

सम्बन्धित शीर्षकहरु

मुख्य खबर

काठमाडौं आइपुगे कतारका राजा, राष्ट्रपति रामचन्द्र पौडेलले गरे भव्य स्वागत

कतारका राजा अमिर शेख तमिम बिन हमाद अल थानी काठमाडौं आइपुगेका छन् । उनी आफ्नो निजी विमानमा मंगलबार दिउँसो ३ः३५ बजे काठमाडौको त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थलमा अवतरण गरेका हुन् ।

नागढुंगा–सिस्ने खोला मुख्य सुरुङमार्गमा ब्रेक थ्रु , प्रधानमन्त्रीले स्वीच थिचेर सुरुङ छिचोलिएको घोषणा गरे

नागढुंगा–सिस्ने खोला मुख्य सुरुङमार्ग निर्माणको काम सोमबार वारपार छिचोलिएर ब्रेक थ्रु भएको छ । यस ठाउँको मुख्य सुरुङ सँगैको आपतकालीन सुरुङ भने गत २२ साउनमै छिचोलिएको थियो ।

यूएनडीपीको निष्कर्ष: धनीका कारण गरिब देश झन पछाडि परे, मानव विकास सूचकांकमा नेपालको स्थिति मध्यम

धनी देशले मानव विकास लक्ष्य हासिल गर्दागर्दै गरिब देश झनै पछाडि परेको निष्कर्ष संयुक्त राष्ट्र संघीय विकास कार्यक्रम (यूएनडीपी) ले निकालेको छ ।

ललिता निवास क्षेत्र खाली गर्न काठमाडौं महानगरले दियो ७ दिने म्याद

काठमाडौं महानगरपालिकाले कामनपा वडा नं. ४ मा रहेको बालुवाटारस्थित ललिता निवास क्षेत्रबाट आफैँ हट्न व्यक्ति, कम्पनी र संघसंस्थाहरुलाई अनुरोध गरेको छ ।

मनोरञ्जन

१० करोड रुपैयाँ लगानीको दीपक र दीपाको सिनेमा हल संचालनमा

कलाकारहरु दीपकराज गिरी, दीपाश्री निरौला र निर्मल शर्माको लगानी रहेको मल्टिलप्लेक्स हल शुक्रबारबाट संचालनमा आएको छ ।

पाण्डेको ‘सहायक श्रीमान’लाई अमेरिकामा उत्कृष्ट अन्तर्राष्ट्रिय डकुमेन्ट्री अवार्ड

नेपालका कतिपय हिमाली क्षेत्रमा विद्यमान बहुपति प्रथाका बारेमा निर्मित वृत्तचित्र ‘सहायक श्रीमान’ (को–हजबेन्ड)ले आठौं कब इन्टरनेसनल फिल्म फेस्टिवलमा उत्कृष्ट उपाधि जितेको छ ।

बल्कबष्टर नेपाली फिल्म अवार्ड सम्पन्न, सम्पादक बगालेसहित विभिन्न व्यक्तित्व सम्मानित

विगत १६ वर्षदेखि निरन्तर रूपमा आयोजना हुँदै आएको ब्लकबस्टर नेपाली फिल्म अवार्ड २०७८ भव्य रूपमा सम्पन्न भएको छ ।