logo

हिमालयन डिस्टिलरी लिमिटेडको नाफा ७६ प्रतिशतले घट्यो

    1696   पटक पढिएको

३० साउन / अर्थ र व्यापार – पछिल्लो एक महिनाको अवधिमा झण्डै तीन गुणा सेयरमूल्य बढेको हिमालयन डिस्टिलरी लिमिटेडको नाफामा उच्च गिरावट आएको छ । कम्पनीले गत आर्थिक वर्षमा ३ करोड ८८ लाख रुपैयाँ खुद नाफा गरेको छ । अघिल्लो वर्ष कम्पनीले यहि अवधिमा १६ करोड १० लाख रुपैयाँ खुद नाफा गरेको थियो ।

कम्पनीको नाफा अघिल्लो वध्र्षको तुलनामा करिब ७६ प्रतिशत अर्थात १२ करोड त्त२१ लाख कम हो । कम्पनीबाट उत्पादित रोयल ट्रेजर तथा गोल्डेन ओक ब्राण्डका मदिराको बिक्रीमा कमी आएपछि नाफा प्रभावित भएको हो । कम्पनीले गत आर्थिक वर्षमा १ अर्ब ४७ करोडरुपैयाँ बराबरको मदिरा बिक्री गरेको छ । अघिल्लो वर्ष कम्पनीले मदिरा बिक्रीबाट १ अर्ब ६५ करोड रुपैयाँ आम्दानी गरेको थियो । अघिल्लो बर्ष भन्दा कम्पनीको १८ करोडले कम मदिरा बिक्री भएको छ ।

कम्पनीको नाफा घटेपछि प्रतिसेयर आम्दानीमा पनि उच्च गिरावट आएको छ । गत आर्थिक वर्षमा कम्पनीको प्रतिसेयर आम्दानी १० रुपैयाँमा झरेको छ । अघिल्लो आर्थिक वर्ष प्रतिसेयर आम्दानी ६२ रुपैयाँ ८२ पैसा थियो । तर पछिल्लो एक महिनाको अवधिमा सेयरबजारमा यो कम्पनीको सेयरमूल्य १६५ प्रतिशतले उकालो लागेको छ । एक महिना अगाडि प्रतिकित्ता ७७१ रुपैयाँ रहेको कम्पनीको सेयर मूल्य आइतबार प्रतिकित्ता २०५० रुपैयाँमा कारोबार भएको थियो ।
 

तपाईको प्रतिक्रिया

सम्बन्धित शीर्षकहरु

मुख्य खबर

नेपालमा जस्तो अवसर र सम्भावना कतै देख्दिन : अध्यक्ष ढकाल

नेपाल उद्योग वाणिज्य महासंघका अध्यक्ष चन्द्रप्रसाद ढकालले आँफूले नेपालमा जताततै सम्भावना र अवसरहरु मात्र देख्ने बताएका छन् । अमेरिकाको टेक्ससमा शनिबार आयोजित हिमालयन कन्क्लेभमा धारणा राख्दै उनले

पर्यटन व्यवसायी अंगाईले गरे पुनर्निर्माण कोषमा १ लाख सहयोग

युवा पर्यटन व्यवसायी तथा आर्यतारा होल्डिङसका अध्यक्ष नवराज अंगाईले सरकारले सुरु गरेको भौतिक पूर्वाधार पुनर्निर्माण कोषमा १ लाख रुपैयाँ सहयोग गरेका छन् । जेनजी आन्दोलनको क्रममा तोडफोड र आगजनी

शीतल निवासमा ४ मन्त्रीले लिए शपथ

अन्तरिम सरकारमा नियुक्त भएका थप ४ मन्त्रीले अहिले पद तथा गोपनीयताको शपथ लिएका छन् ।

निजी क्षेत्रको मनोबल कम हुन दिंदैनौं : नवनियुक्त अर्थमन्त्री खनाल

नवनियुक्त अर्थमन्त्री रामेश्वर खनालले निजी क्षेत्रको मनोबल कम हुन नदिने बताएका छन् । सोमबार अर्थ मन्त्रालयमा पदभार ग्रहण गर्दै खनालले यस्तो बताएका हुन् ।

मनोरञ्जन

रियालिटी शो ‘एक्टिङ स्टार’ कलाकार बन्ने र सिनेमा खेल्ने अवसर

रियालिटी शो ‘एक्टिङ स्टार’को केहि महिना अघि डिजिटल अडिसनको आव्हान गरिएको थियो । डिजिटल अडिसन मार्फत हालसम्म कलाकार बन्न चाहने ५०० भन्दा बढीले भिडियो खिचेर पठाएको कार्यक्रम निर्माण कम्पनी महक मिडिया नेटवर्कले जानकारी गराएको छ ।

नयाँ रियालिटी शो ‘एक्टिङ स्टार’को डिजिटल अडिसन खुल्ला

अभिनयमा रुची राख्नेहरुका लागि नयाँ रियालिटी शो ‘एक्टिङ स्टार’को घोषणा भएको छ । आगामी १ भदौ देखि एक महिनासम्मको लागि डिजिटल अडिसन खुल्ला गरिएको छ ।

१० करोड रुपैयाँ लगानीको दीपक र दीपाको सिनेमा हल संचालनमा

कलाकारहरु दीपकराज गिरी, दीपाश्री निरौला र निर्मल शर्माको लगानी रहेको मल्टिलप्लेक्स हल शुक्रबारबाट संचालनमा आएको छ ।