२३ साउन / अर्थ र व्यापार – गुहेश्वरी मर्चेण्ट बैंकिङ् एण्ड फाइनान्सले आ.व.२०७३/०७४ मा ८५ प्रतिशतले नाफा बढाएको छ । सो अवधिमा बैंकले २० करोड ३२ लाख रुपैयाँ संचालन मुनाफा आर्जन गरेको छ ।
फाइनान्सले गत आवमा २ अर्ब ४५ करोड रुपैयाँ निक्षेप र २ अर्ब ११ करोड रुपैयाँ कर्जा परिचालन गरेको छ । यस वित्तीय संस्थाको चुक्ता पूँजी ४९ करोड ३४ लाख रुपैयाँ तथा जगेडा कोषमा २० करोड ८० लाख रुपैयाँ रहेको छ ।
४० प्रतिशत हकप्रद शेयर जारी गर्न स्वीकृतीको लागि नेपाल धितोपत्र बोर्डमा आवेदन दिएको छ । कम्पनीले जारी गर्न लागेको हकप्रद र बोनस सेयर पश्चात संस्थाको चुक्ता पूँजी ८० करोड रुपैयाँ पुग्ने छ ।
संस्थाले बैकिङ्ग सेवामा एटिएम सेवा सुविधाहरु प्रदान गर्दै एस.एम.एस बैंकिङ्ग तथा इन्टरनेट बैंकिङ्ग सेवा, विप्रेशन, डिपी अकाउन्ट तथा आश्वाको समेत सेवा सुविधा दिदै आइरहेको छ । साथै, निकट भविष्यमा नै थप शाखाहरु खोल्ने यस संस्था छ ।
तपाईको प्रतिक्रिया