logo

वाणिज्य बैंकहरुको खुद नाफा ३२ दशमलव १४ प्रतिशतले बढ्यो 

    864   पटक पढिएको

२३ साउन / अर्थ र व्यापार – आर्थिक वर्ष ०७३/७४ मा वाणिज्य बैंकहरूको खुद नाफा बढेको देखिएको छ । हालसम्म अपरिष्कृत वित्तीय विवरण प्रकाशित गरेका ११ वाणिज्य बैंकहरूको तथ्यांक हेर्दा सो अवधिमा बैंकहरूको नाफा ३२ दशमलव १४ प्रतिशतले बढेको छ । अघिल्लो आवमा १३ अर्ब ८२ करोड खुद मुनाफा गरेका यी ११ बैंकहरूले गत आवमा १८ अर्ब २७ करोड मुनाफा कमाएका छन् । बैंकहरूको खुद ब्याज आम्दानी र सञ्चालन मुनाफा बढेपछि खुद नाफा पनि बढेको हो ।

अघिल्लो आर्थिक वर्षको तुलनामा प्रभु बैंकले सबैभन्दा धेरै नाफा बढाउन सफल भएको छ । सो अवधिमा बैंकले ५२ दशमलव ६० प्रतिशत नाफा बढाउन सफल भएको देखिन्छ । खुद ब्याज आम्दानी र सञ्चालन मुनाफा बढेसँगै १ अर्ब ७२ करोड खराब कर्जा संकलन गर्न सफल भएपछि बैंकको खुद नाफा बढेको हो । 

रकमका आधारमा भने नबिल बैंक अगाडि देखिएको छ । नबिल बैंकले गत असार मसान्तसम्ममा ३ अर्ब ६२ करोड खुद नाफा आर्जन गरेको छ । यो अघिल्लो आवको सोही अवधिको तुलनामा २८ दशमलव ४३ प्रतिशत बढी हो । सिटिजन्स बैंकको नाफा सो अवधिमा १२ दशमलव शून्य १ प्रतिशत मात्र बढेको छ भने सन्राइज बैंकले १ अर्ब १६ करोड खुद नाफा कमाएको छ ।

गत असार मसान्तमा बैंकहरूको सञ्चालन मुनाफा ३४ दशमलव ९६ प्रतिशत बढेको छ । अघिल्लो आवको असार मसान्तमा १७ अर्ब ५७ करोड सञ्चालन मुनाफा आर्जन गरेको बैंकहरूले गत आवमा २३ अर्ब ७१ करोड नाफा आर्जन गरेको छ । एनएमबि बैंकको नाफा सो अवधिमा सबैभन्दा धेरै ५९ दशमलव ८५ प्रतिशत बढेको छ । 

त्यस्तै सबैभन्दा कम सिद्धार्थ बैंकको सञ्चालन मुनाफा ११ दशमलव ९५ प्रतिशत मात्र बढेको छ । रकमका आधारमा नबिल बैंकले सो अवधिमा सबैभन्दा धेरै ५ अर्ब ४६ करोड सञ्चालन मुनाफा आर्जन गरेको छ भने सिटिजन्स बैंकको नाफा सबैभन्दा कम १ अर्ब २४ करोड आर्जन गरेको छ ।

११ वाणिज्य बैंकहरूको खुद ब्याज आम्दानी गत असार मसान्तसम्ममा २६ दशमलव १७ प्रतिशत बढेको छ । सन्राइज बैंकको ब्याज आम्दानी सो अवधिमा सबैभन्दा धेरै ४५ दशमलव ८३ प्रतिशत र सिटिजन्स बैंकको सबैभन्दा कम ८ दशमलव शून्य ६ प्रतिशत बढेको छ । नबिल बैंकले सो अवधिमा ५ अर्ब ४५ करोड ब्याज आम्दानी गर्न सफल भएको छ भने सिटिजन्स बैंकले १ अर्ब ७५ करोड ब्याज आम्दानी गरेको छ ।

 

तपाईको प्रतिक्रिया

सम्बन्धित शीर्षकहरु

मुख्य खबर

काठमाडौं आइपुगे कतारका राजा, राष्ट्रपति रामचन्द्र पौडेलले गरे भव्य स्वागत

कतारका राजा अमिर शेख तमिम बिन हमाद अल थानी काठमाडौं आइपुगेका छन् । उनी आफ्नो निजी विमानमा मंगलबार दिउँसो ३ः३५ बजे काठमाडौको त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थलमा अवतरण गरेका हुन् ।

नागढुंगा–सिस्ने खोला मुख्य सुरुङमार्गमा ब्रेक थ्रु , प्रधानमन्त्रीले स्वीच थिचेर सुरुङ छिचोलिएको घोषणा गरे

नागढुंगा–सिस्ने खोला मुख्य सुरुङमार्ग निर्माणको काम सोमबार वारपार छिचोलिएर ब्रेक थ्रु भएको छ । यस ठाउँको मुख्य सुरुङ सँगैको आपतकालीन सुरुङ भने गत २२ साउनमै छिचोलिएको थियो ।

यूएनडीपीको निष्कर्ष: धनीका कारण गरिब देश झन पछाडि परे, मानव विकास सूचकांकमा नेपालको स्थिति मध्यम

धनी देशले मानव विकास लक्ष्य हासिल गर्दागर्दै गरिब देश झनै पछाडि परेको निष्कर्ष संयुक्त राष्ट्र संघीय विकास कार्यक्रम (यूएनडीपी) ले निकालेको छ ।

ललिता निवास क्षेत्र खाली गर्न काठमाडौं महानगरले दियो ७ दिने म्याद

काठमाडौं महानगरपालिकाले कामनपा वडा नं. ४ मा रहेको बालुवाटारस्थित ललिता निवास क्षेत्रबाट आफैँ हट्न व्यक्ति, कम्पनी र संघसंस्थाहरुलाई अनुरोध गरेको छ ।

मनोरञ्जन

१० करोड रुपैयाँ लगानीको दीपक र दीपाको सिनेमा हल संचालनमा

कलाकारहरु दीपकराज गिरी, दीपाश्री निरौला र निर्मल शर्माको लगानी रहेको मल्टिलप्लेक्स हल शुक्रबारबाट संचालनमा आएको छ ।

पाण्डेको ‘सहायक श्रीमान’लाई अमेरिकामा उत्कृष्ट अन्तर्राष्ट्रिय डकुमेन्ट्री अवार्ड

नेपालका कतिपय हिमाली क्षेत्रमा विद्यमान बहुपति प्रथाका बारेमा निर्मित वृत्तचित्र ‘सहायक श्रीमान’ (को–हजबेन्ड)ले आठौं कब इन्टरनेसनल फिल्म फेस्टिवलमा उत्कृष्ट उपाधि जितेको छ ।

बल्कबष्टर नेपाली फिल्म अवार्ड सम्पन्न, सम्पादक बगालेसहित विभिन्न व्यक्तित्व सम्मानित

विगत १६ वर्षदेखि निरन्तर रूपमा आयोजना हुँदै आएको ब्लकबस्टर नेपाली फिल्म अवार्ड २०७८ भव्य रूपमा सम्पन्न भएको छ ।