logo

संचालन तथा खुद ब्याज आम्दानी घट्दा पनि नाफामा इन्फिनिटी

    1398   पटक पढिएको

२४ कात्तिक/अर्थ र व्यापार– इन्फिनिटी माइक्रोफाइनान्स वित्तीय संस्था लिमिटेडले चालु आर्थिक वर्ष २०७७/७८ को पहिलो त्रैमासमा दुई करोड १८ लाख  रुपैयाँ खुद नाफा कमाएको छ ।

कम्पनीले सार्वजनिक गरेको अपरिष्कृत वित्तीय विवरणअनुसार कम्पनीको खुद ब्याज आम्दानी र संचालन आम्दानी दुवै घट्दा पनि खराब कर्जा उठ्तीमा सफल हुँदा नाफा बढेको हो । 

गत आवको असोज मसान्तसम्ममा एक करोड ६१ लाख रुपैयाँ खुद नाफा कमाएको ईन्फिनिटीले चालु आवको असोज मसान्तसम्ममा दुई करोड १८ लाख  रुपैयाँ खुद नाफा कमाएको हो । 

कम्पनीको खुद व्याज आम्दानी गत आवको सोही अवधिको तुलनामा १५.७९ प्रतिशत र संचालन आम्दानी २०.५१ प्रतिशतले घटेको छ । तर यस त्रैमासमा कम्पनीले करीब एक करोड ४३ लाख खराब कर्जा संकलन गरेको छ । जून कम्पनी यो त्रैमासको खुद नाफाको ६५.६० प्रतिशत हो । 

गत आवको सोही अवधिमा तीन करोड ९२ लाख रुपैयाँ खुद ब्याज आम्दानी गरेको इन्फिनिटीले चालु आवको पहिलो त्रैमासमा भने यसवापत तीन करोड ३० लाख रुपैयाँ मात्र आर्जन गरेको छ ।

यस्तै, कम्पनीको सञ्चालन नाफा अघिल्लो आवको असोज मसान्तको दुई करोड ५५ लाख रुपैयाँको तुलनामा यो आवको समान अवधिमा दुई करोड तीन लाख रुपैयाँ मात्रै सञ्चालन नाफा भएको छ ।

अघिल्लो आवको नाफाबाट गत वर्ष १० प्रतिशत बोनस (लाभांस) वितरणपछि इन्फिनिटीको चुक्ता पुँजी १० प्रतिशत बढेको छ । हाल यसको चुक्ता पुँजी २२ करोड ८१ लाख रुपैयाँ छ । 

कम्पनीले असोज मसान्तसम्ममा ७२ करोड ४५ लाख रुपैयाँ निक्षेप संकलन गरेको छ भने कुल दुई अर्ब ७२ करोड ४३ लाख रुपैयाँ कर्जा लगानी गरेको छ । 

कम्पनीको जगेडा कोषको रकम गत वर्षभन्दा ४१.६५ प्रतिशत बढेर १२ करोड २४ लाख रुपैयाँ पुगेको छ । 
असोज मसान्तसम्ममा यसको प्रतिसेयर आम्दानी ३८.२३ रुपैयाँ छ भने प्रतिसेयर नेटवर्थ १५३.६८ रुपैयाँ छ ।

हाल आम्दानीको तुलनामा कम्पनीको प्रतिसेयर आम्दानी (मूल्य आम्दानी अनुपात) २०.७० गुणा छ।
 

तपाईको प्रतिक्रिया

सम्बन्धित शीर्षकहरु

मुख्य खबर

नेपालमा जस्तो अवसर र सम्भावना कतै देख्दिन : अध्यक्ष ढकाल

नेपाल उद्योग वाणिज्य महासंघका अध्यक्ष चन्द्रप्रसाद ढकालले आँफूले नेपालमा जताततै सम्भावना र अवसरहरु मात्र देख्ने बताएका छन् । अमेरिकाको टेक्ससमा शनिबार आयोजित हिमालयन कन्क्लेभमा धारणा राख्दै उनले

पर्यटन व्यवसायी अंगाईले गरे पुनर्निर्माण कोषमा १ लाख सहयोग

युवा पर्यटन व्यवसायी तथा आर्यतारा होल्डिङसका अध्यक्ष नवराज अंगाईले सरकारले सुरु गरेको भौतिक पूर्वाधार पुनर्निर्माण कोषमा १ लाख रुपैयाँ सहयोग गरेका छन् । जेनजी आन्दोलनको क्रममा तोडफोड र आगजनी

शीतल निवासमा ४ मन्त्रीले लिए शपथ

अन्तरिम सरकारमा नियुक्त भएका थप ४ मन्त्रीले अहिले पद तथा गोपनीयताको शपथ लिएका छन् ।

निजी क्षेत्रको मनोबल कम हुन दिंदैनौं : नवनियुक्त अर्थमन्त्री खनाल

नवनियुक्त अर्थमन्त्री रामेश्वर खनालले निजी क्षेत्रको मनोबल कम हुन नदिने बताएका छन् । सोमबार अर्थ मन्त्रालयमा पदभार ग्रहण गर्दै खनालले यस्तो बताएका हुन् ।

मनोरञ्जन

रियालिटी शो ‘एक्टिङ स्टार’ कलाकार बन्ने र सिनेमा खेल्ने अवसर

रियालिटी शो ‘एक्टिङ स्टार’को केहि महिना अघि डिजिटल अडिसनको आव्हान गरिएको थियो । डिजिटल अडिसन मार्फत हालसम्म कलाकार बन्न चाहने ५०० भन्दा बढीले भिडियो खिचेर पठाएको कार्यक्रम निर्माण कम्पनी महक मिडिया नेटवर्कले जानकारी गराएको छ ।

नयाँ रियालिटी शो ‘एक्टिङ स्टार’को डिजिटल अडिसन खुल्ला

अभिनयमा रुची राख्नेहरुका लागि नयाँ रियालिटी शो ‘एक्टिङ स्टार’को घोषणा भएको छ । आगामी १ भदौ देखि एक महिनासम्मको लागि डिजिटल अडिसन खुल्ला गरिएको छ ।

१० करोड रुपैयाँ लगानीको दीपक र दीपाको सिनेमा हल संचालनमा

कलाकारहरु दीपकराज गिरी, दीपाश्री निरौला र निर्मल शर्माको लगानी रहेको मल्टिलप्लेक्स हल शुक्रबारबाट संचालनमा आएको छ ।