२८ पुस/अर्थ र व्यापार– प्रिमियर इन्स्योरेन्सले आर्थिक वर्ष ०७६/७७ को मुनाफाबाट ११.५ प्रतिशत नगद लाभांश दिने प्रस्ताव गरेको छ ।
कम्पनीको पुस २७ गतेको सञ्चालक समितिको बैठकले आर्थिक वर्ष ०७६/७७ को मुनाफाबाट उक्त लाभांश वितरण गर्ने प्रस्ताव गरेको हो ।
प्रस्तावित लाभांश बीमा समितिको स्वीकृति पश्चात कम्पनीको आगामी साधारण सभाले पारित गरेपछि वितरण हुनेछ ।
निर्जीवन बीमा कम्पनीले पु¥याउनुपर्ने पूँजी कायम गरिसकेको कम्पनीले यस वर्ष नगदमा जोड दिएको हो । हाल कम्पनीको चुक्तापूँजी रू. १ अर्ब ७ करोड ४५ लाख ६० हजार छ ।
तपाईको प्रतिक्रिया