logo

बलियो बन्दै प्राईम लाईफ, जीवन बीमा कोष १० अर्ब माथि  

    1189   पटक पढिएको

२२ माघ / अर्थ र व्यापार - सुचिकृत जीवन बीमा कम्पनी मध्य चालु आर्थिक वर्षको दोस्रो त्रैमासको वित्तीय प्रतिवेदन प्रकाशन गर्ने प्राईम लाईफ इन्स्योरेन्स पहिलो जीवन बीमा कम्पनी भएको छ। कम्पनीले चालु आर्थिक वर्षको दोश्रो त्रैमाससम्म १ अर्ब ५९ करोड  कुल बीमा शुल्क आर्जन गर्न सफल भएको छ। अघिल्लो आर्थिक वर्षको सोही अवधिमा कम्पनीले १ अर्ब २८ करोड कुल बीमा शुल्क आर्जन गरेको थियो।  यसरी कुल बीमा शुल्क आर्जन रकम २४ प्रतिशतले वृद्धि गर्न सफल भएको छ। त्यस्तै खुद बीमा शुल्क आर्जन २९ प्रतिशतले वृद्धि हुँदै १ अर्ब ५८ करोड पुगेको छ।

जीवन बीमा कम्पनीको जीवन बीमा कोषको ठुलो महत्व रहेकोमा प्राईम लाइफको जीवन बीमा कोष ३२ प्रतिशतले वृद्धि हुँदै १० अर्ब १३ करोड पुगेको छ। जगेडा कोष पनि ७ प्रतिशतले वृद्धि हुँदै १ अर्ब ४ करोड पुगेको छ।

कम्पनीले ३४ करोड १२ लाख कुल दावी भुक्तानी गरेको छ भने ३० करोड ३७ लाख खुद दावी भुक्तानी गरेको छ।  दोश्रो त्रैमासको वित्तिय विवरण अनुसार भुक्तानी हुन बाँकी रकम १ करोड ६० लाख   रहेको छ।

दोश्रो त्रैमास सम्म कम्पनीले १५ करोड ६० लाख खुद मुनाफा गरेकोमा खुद मुनाफा गत आर्थिक वर्षको दोश्रो त्रैमासको तुलनामा ७२ प्रतिशतले वृद्धि भएको छ। कम्पनीको वार्षिक प्रति शेयर आम्दानी १५ रुपैया ५४ पैसा छ ।
 

तपाईको प्रतिक्रिया

सम्बन्धित शीर्षकहरु

मुख्य खबर

नेपालमा जस्तो अवसर र सम्भावना कतै देख्दिन : अध्यक्ष ढकाल

नेपाल उद्योग वाणिज्य महासंघका अध्यक्ष चन्द्रप्रसाद ढकालले आँफूले नेपालमा जताततै सम्भावना र अवसरहरु मात्र देख्ने बताएका छन् । अमेरिकाको टेक्ससमा शनिबार आयोजित हिमालयन कन्क्लेभमा धारणा राख्दै उनले

पर्यटन व्यवसायी अंगाईले गरे पुनर्निर्माण कोषमा १ लाख सहयोग

युवा पर्यटन व्यवसायी तथा आर्यतारा होल्डिङसका अध्यक्ष नवराज अंगाईले सरकारले सुरु गरेको भौतिक पूर्वाधार पुनर्निर्माण कोषमा १ लाख रुपैयाँ सहयोग गरेका छन् । जेनजी आन्दोलनको क्रममा तोडफोड र आगजनी

शीतल निवासमा ४ मन्त्रीले लिए शपथ

अन्तरिम सरकारमा नियुक्त भएका थप ४ मन्त्रीले अहिले पद तथा गोपनीयताको शपथ लिएका छन् ।

निजी क्षेत्रको मनोबल कम हुन दिंदैनौं : नवनियुक्त अर्थमन्त्री खनाल

नवनियुक्त अर्थमन्त्री रामेश्वर खनालले निजी क्षेत्रको मनोबल कम हुन नदिने बताएका छन् । सोमबार अर्थ मन्त्रालयमा पदभार ग्रहण गर्दै खनालले यस्तो बताएका हुन् ।

मनोरञ्जन

रियालिटी शो ‘एक्टिङ स्टार’ कलाकार बन्ने र सिनेमा खेल्ने अवसर

रियालिटी शो ‘एक्टिङ स्टार’को केहि महिना अघि डिजिटल अडिसनको आव्हान गरिएको थियो । डिजिटल अडिसन मार्फत हालसम्म कलाकार बन्न चाहने ५०० भन्दा बढीले भिडियो खिचेर पठाएको कार्यक्रम निर्माण कम्पनी महक मिडिया नेटवर्कले जानकारी गराएको छ ।

नयाँ रियालिटी शो ‘एक्टिङ स्टार’को डिजिटल अडिसन खुल्ला

अभिनयमा रुची राख्नेहरुका लागि नयाँ रियालिटी शो ‘एक्टिङ स्टार’को घोषणा भएको छ । आगामी १ भदौ देखि एक महिनासम्मको लागि डिजिटल अडिसन खुल्ला गरिएको छ ।

१० करोड रुपैयाँ लगानीको दीपक र दीपाको सिनेमा हल संचालनमा

कलाकारहरु दीपकराज गिरी, दीपाश्री निरौला र निर्मल शर्माको लगानी रहेको मल्टिलप्लेक्स हल शुक्रबारबाट संचालनमा आएको छ ।