logo

ऋणपत्र निष्कासन गर्दै प्राइम कमर्शियल र कामना सेवा विकास बैंक

    1473   पटक पढिएको


१९ कात्तिक/अर्थ र व्यापार– प्राइम कमर्शियल बैंक र कामना सेवा विकास बैंकले ऋणपत्र निष्कासन गर्ने भएको छ । 

ऋणपत्र निष्कासन गर्नको लागी प्राइम कमर्शियल बैंक र कामना सेवा विकास बैंकले नेपाल धितोपत्र बोर्ड (सेबोन) मा निवेदन दिएका हुन् ।

प्राइमले प्रतिकित्ता १ हजारमा ३५ लाख  कित्ता बराबरको ३ अर्ब ५० करोड रकम बराबरको ऋणपत्र निष्कासनका लागि अनुमति माग गरेको छ । जसमध्ये १४ लाख कित्ता ऋणपत्र सर्वसाधारणका लागि निष्कासन हुनेछ भने २१ लाख कित्ता  ऋणपत्र प्राइभेट प्लेसमेन्ट अन्तर्गत निजी तवरबाट बिक्री हुनेछ ।

बैंकले २०८५ सालसम्मको ८ वर्षे अवधिको लागी ऋणपत्रको ब्याजदर ८.७५ प्रतिशत दिने जनाएको छ । बैंकले आरबिबि मर्चेन्ट बैंकिङलाई बिक्री प्रबन्धक चयन गरेको छ । 

यसैगरी, कामना सेवा विकास बैंकले प्रतिकित्ता १ हजारमा  १० लाख  कित्ताको १ अर्ब रकम बराबरको ऋणपत्र निष्कासनका लागि अनुमति माग गरेको छ । बैंकले ४ लाख कित्ता ऋणपत्र सर्वसाधारणको लागि निष्कासन गर्नेछ भने ६ लाख कित्ता ऋणपत्र प्राइभेट प्लेसमेन्ट अन्तर्गत निजी तवरबाट बिक्री हुनेछ । 

बैंकले २०८७ सालसम्मको १० वर्षे अवधिको लागी ऋणपत्रको ब्याजदर ९.५ प्रतिशत तोकेको छ । बैंकले एनआईबिएल एस क्यापिटल बिक्री प्रबन्धक चयन गरेको छ । 

तपाईको प्रतिक्रिया

सम्बन्धित शीर्षकहरु

मुख्य खबर

महासंघको केन्द्रिय सदस्यमा सागर ढकालको उम्मेदवारी घोषणा

नेपाल उद्योग वाणिज्य महासंघको आसन्न निर्वाचनमा स्टक ब्रोकर एसोसिएसनका अध्यक्ष सागर ढकालले वस्तुगत तर्फबाट केन्द्रीय सदस्यमा उम्मेदवारी घोषणा गरेका छन् । अध्यक्ष ढकालले महासंघको वस्तुगत

भोली हुने निर्वाचनको सम्पूर्ण तयारी पूरा, निर्धक्क भएर मतदान गर्न आयोगको अपिल

निर्वाचन आयोगले भोली विहानैबाट सुरु हुने प्रतिनिधिसभा सदस्य निर्वाचनको सम्पूर्ण तयारी पूरा भएको जनाएको छ ।

निजी क्षेत्र अहिलेको जस्तो न्यून मनोबलको स्थितिमा पहिला कहिले पनि थिएन : अध्यक्ष ढकाल

नेपाल उद्योग वाणिज्य महासंघका अध्यक्ष चन्द्रप्रसाद ढकालले निजी क्षेत्रको संरक्षण र सुरक्षामा सरकारले काम गर्न नसकेको भन्दै असन्तुष्टि व्यक्त गरेका छन् । नेपाल उद्योग वाणिज्य महासंघले बुधबार आयोजना

सुरक्षाको प्रत्याभुति गर्न नपाएको निजी क्षेत्रको भनाई

निजी क्षेत्रका अगुवाहरुले सुरक्षाको प्रत्याभुति गर्न नपाएको गुनासो गरेका छन् । बैंक तथा वित्तीय संस्था परिसंघ नेपाल (सिबिफिन) को वार्षिक साधारणसभामा बोल्दै उनीहरुले जेनजी आन्दोलनबाट त्रसित निजी क्षेत्रलाई

मनोरञ्जन

रियालिटी शो ‘एक्टिङ स्टार’ कलाकार बन्ने र सिनेमा खेल्ने अवसर

रियालिटी शो ‘एक्टिङ स्टार’को केहि महिना अघि डिजिटल अडिसनको आव्हान गरिएको थियो । डिजिटल अडिसन मार्फत हालसम्म कलाकार बन्न चाहने ५०० भन्दा बढीले भिडियो खिचेर पठाएको कार्यक्रम निर्माण कम्पनी महक मिडिया नेटवर्कले जानकारी गराएको छ ।

नयाँ रियालिटी शो ‘एक्टिङ स्टार’को डिजिटल अडिसन खुल्ला

अभिनयमा रुची राख्नेहरुका लागि नयाँ रियालिटी शो ‘एक्टिङ स्टार’को घोषणा भएको छ । आगामी १ भदौ देखि एक महिनासम्मको लागि डिजिटल अडिसन खुल्ला गरिएको छ ।

१० करोड रुपैयाँ लगानीको दीपक र दीपाको सिनेमा हल संचालनमा

कलाकारहरु दीपकराज गिरी, दीपाश्री निरौला र निर्मल शर्माको लगानी रहेको मल्टिलप्लेक्स हल शुक्रबारबाट संचालनमा आएको छ ।