logo

ऋणपत्र निष्कासन गर्दै प्राइम कमर्शियल र कामना सेवा विकास बैंक

    1361   पटक पढिएको


१९ कात्तिक/अर्थ र व्यापार– प्राइम कमर्शियल बैंक र कामना सेवा विकास बैंकले ऋणपत्र निष्कासन गर्ने भएको छ । 

ऋणपत्र निष्कासन गर्नको लागी प्राइम कमर्शियल बैंक र कामना सेवा विकास बैंकले नेपाल धितोपत्र बोर्ड (सेबोन) मा निवेदन दिएका हुन् ।

प्राइमले प्रतिकित्ता १ हजारमा ३५ लाख  कित्ता बराबरको ३ अर्ब ५० करोड रकम बराबरको ऋणपत्र निष्कासनका लागि अनुमति माग गरेको छ । जसमध्ये १४ लाख कित्ता ऋणपत्र सर्वसाधारणका लागि निष्कासन हुनेछ भने २१ लाख कित्ता  ऋणपत्र प्राइभेट प्लेसमेन्ट अन्तर्गत निजी तवरबाट बिक्री हुनेछ ।

बैंकले २०८५ सालसम्मको ८ वर्षे अवधिको लागी ऋणपत्रको ब्याजदर ८.७५ प्रतिशत दिने जनाएको छ । बैंकले आरबिबि मर्चेन्ट बैंकिङलाई बिक्री प्रबन्धक चयन गरेको छ । 

यसैगरी, कामना सेवा विकास बैंकले प्रतिकित्ता १ हजारमा  १० लाख  कित्ताको १ अर्ब रकम बराबरको ऋणपत्र निष्कासनका लागि अनुमति माग गरेको छ । बैंकले ४ लाख कित्ता ऋणपत्र सर्वसाधारणको लागि निष्कासन गर्नेछ भने ६ लाख कित्ता ऋणपत्र प्राइभेट प्लेसमेन्ट अन्तर्गत निजी तवरबाट बिक्री हुनेछ । 

बैंकले २०८७ सालसम्मको १० वर्षे अवधिको लागी ऋणपत्रको ब्याजदर ९.५ प्रतिशत तोकेको छ । बैंकले एनआईबिएल एस क्यापिटल बिक्री प्रबन्धक चयन गरेको छ । 

तपाईको प्रतिक्रिया

सम्बन्धित शीर्षकहरु

मुख्य खबर

नेपालमा जस्तो अवसर र सम्भावना कतै देख्दिन : अध्यक्ष ढकाल

नेपाल उद्योग वाणिज्य महासंघका अध्यक्ष चन्द्रप्रसाद ढकालले आँफूले नेपालमा जताततै सम्भावना र अवसरहरु मात्र देख्ने बताएका छन् । अमेरिकाको टेक्ससमा शनिबार आयोजित हिमालयन कन्क्लेभमा धारणा राख्दै उनले

पर्यटन व्यवसायी अंगाईले गरे पुनर्निर्माण कोषमा १ लाख सहयोग

युवा पर्यटन व्यवसायी तथा आर्यतारा होल्डिङसका अध्यक्ष नवराज अंगाईले सरकारले सुरु गरेको भौतिक पूर्वाधार पुनर्निर्माण कोषमा १ लाख रुपैयाँ सहयोग गरेका छन् । जेनजी आन्दोलनको क्रममा तोडफोड र आगजनी

शीतल निवासमा ४ मन्त्रीले लिए शपथ

अन्तरिम सरकारमा नियुक्त भएका थप ४ मन्त्रीले अहिले पद तथा गोपनीयताको शपथ लिएका छन् ।

निजी क्षेत्रको मनोबल कम हुन दिंदैनौं : नवनियुक्त अर्थमन्त्री खनाल

नवनियुक्त अर्थमन्त्री रामेश्वर खनालले निजी क्षेत्रको मनोबल कम हुन नदिने बताएका छन् । सोमबार अर्थ मन्त्रालयमा पदभार ग्रहण गर्दै खनालले यस्तो बताएका हुन् ।

मनोरञ्जन

रियालिटी शो ‘एक्टिङ स्टार’ कलाकार बन्ने र सिनेमा खेल्ने अवसर

रियालिटी शो ‘एक्टिङ स्टार’को केहि महिना अघि डिजिटल अडिसनको आव्हान गरिएको थियो । डिजिटल अडिसन मार्फत हालसम्म कलाकार बन्न चाहने ५०० भन्दा बढीले भिडियो खिचेर पठाएको कार्यक्रम निर्माण कम्पनी महक मिडिया नेटवर्कले जानकारी गराएको छ ।

नयाँ रियालिटी शो ‘एक्टिङ स्टार’को डिजिटल अडिसन खुल्ला

अभिनयमा रुची राख्नेहरुका लागि नयाँ रियालिटी शो ‘एक्टिङ स्टार’को घोषणा भएको छ । आगामी १ भदौ देखि एक महिनासम्मको लागि डिजिटल अडिसन खुल्ला गरिएको छ ।

१० करोड रुपैयाँ लगानीको दीपक र दीपाको सिनेमा हल संचालनमा

कलाकारहरु दीपकराज गिरी, दीपाश्री निरौला र निर्मल शर्माको लगानी रहेको मल्टिलप्लेक्स हल शुक्रबारबाट संचालनमा आएको छ ।