२४ माघ / अर्थ र व्यापार - प्राइम कमर्शियल बैंकले साढे ३ अर्ब रुपैयाँको ऋणपत्र बिक्रीमा ल्याउने भएको छ । बैंकले ऋणपत्र निष्काशनको लागि धितोपत्र निष्काशन तथा बिक्री प्रवन्धकमा आरबीबी मर्चेण्ट बैकिङ्गलाई नियुक्त गरेको छ ।
बैंकले वार्षिक १०.५ प्रतिशत ब्याजदरमा आठ बर्ष अवधिको लागि एक हजार रुपैयाँ अंकित दरमा ३५ लाख कित्ता ऋणपत्र निष्काशन गर्न लागेको हो । जसमा एक्काईस लाख कित्ता व्यक्तिगत तवरबाट र बांकी (सामुहिक लगानीकोष समेतको) कित्ता सर्वसाधारणमा बिक्री गरिने बैंकले जनाएको छ ।
ऋणपत्र निष्काशन गर्न बैंकले माघ २२ गते निष्काशन तथा विक्री प्रवन्धक सम्बन्धी सम्झौता–पत्रमा हस्ताक्षर गरेको हो। सम्झौतपत्रमा प्राइम कमर्सियल बैंकको तर्फबाट प्रमुख कार्यकारी अधिकृत नारायण दास मानन्धर र आरबीबी मर्चेन्ट बैंकिङ्ग लिमिटेडको तर्फबाट प्रमुख कार्यकारी अधिकृत बद्री प्रसाद प्याकुरेलले हस्ताक्षर गरे ।
तपाईको प्रतिक्रिया