logo

आर्थिक वर्षको पहिलो त्रैमासमा प्राइम बैंकको नाफा ५४ प्रतिशतले बढ्यो

    1277   पटक पढिएको


२० कात्तिक/अर्थ र व्यापार– चालु आर्थिक वर्षको पहिलो त्रैमासमा प्राइम कमर्सियल बैंकको खुद नाफा ५४.२४ प्रतिशतले बृद्धी भएको छ । 

कोभिढ–१९ महामारीका कारण बैंकहरुको ऋण उठ्न नसकी नाफा प्रभावित हुन्छ भन्ने अनुमान विपरीत बैंकले ठूलो नाफा आर्जन गरेको वित्तीय विवरण सार्वजनिक गरेको हो । 

बैंकले चालु आर्थिक बर्षको साउनदेखि असोजको तीन महिनाको बीचमा १ अर्ब १ करोड ७६ लाख ३४ हजार रुपैयाँ खुद नाफा कमाएको छ । बैंकले गत वर्ष यही अवधिमा ६५ करोड ९७ लाख ६७ हजार रुपैयाँ खुद नाफा कमाएको थियो ।

बैंकले कैलाश विकास बैंक र कन्काई विकास बैंकलाई गाभेपछि नाफा उच्च दरले बढेको हो । त्यही कारण बैंकको चुक्ता पुँजी पनि बढेको छ ।

बैंकको वितरणयोग्य मुनाफा ३३ करोड ८४ लाख ४६ हजार रूपैयाँ रहेको छ । बैंकको खुद ब्याज आम्दानी ४६.२४ प्रतिशत र सञ्चालन मुनाफा ५३.२७ प्रतिशत बढेसँगै खुद नाफा बढ्न पुगेको हो । 

समीक्षा अवधिमा बैंकको खुद ब्याज आम्दानी १ अर्ब ५५ करोड ८ लाख रुपैयाँ पुगेको छ भने सञ्चालन मुनाफा १ अर्ब ४४ करोड ७६ लाख ५१ हजार रुपैयाँ पुगेको छ । गत वर्षको असोजसम्म खुद ब्याज आम्दानी १ अर्ब ६ करोड रहेको थियो भने संचालन मुनाफा ९४ करोड ४४ लाख थियो । 

हाल बैंकको चुक्ता पुँजी १३ अर्ब ९८ करोड रुपैयाँ रहेको छ । बैंकको जगेडा कोषमा ५ अर्ब ४६ करोड ६५ लाख रुपैयाँ संचित छ । बैंकको जगेडा कोषको रकम गत वर्षभन्दा १४ प्रतिशत बढी हो । बैंकले गत वर्षको असोजको तुलनामा निक्षेप ४ प्रतिशत बढी संकलन गरेको छ भने कर्जा करिब ३ प्रतिशतले बढाएको छ । 

बैंकले असोज मसान्तमा १ खर्ब २४ अर्ब  ५० करोड निक्षेप संकलन गरेको छ भने १ खर्ब १३ अर्ब ४४ करोड कर्जा प्रवाह गरेको छ । बैंकको खराब कर्जा गत वर्षभन्दा बढेको छ । गत वर्षको पहिलो त्रैमासमा १.१४ प्रतिशत रहेको यस्तो कर्जा अहिले बढेर १.३७ प्रतिशत पुगेको छ ।

बैंकको प्रति सेयर आम्दानी २९.११ रुपैयाँ पुगेको छ भने प्रति सेयर नेटवर्थ १५४.२६ रुपैयाँ कायम भएको छ । मूल्य आम्दानी अनुपात ९.८६ गुणा कायम भएको छ ।

तपाईको प्रतिक्रिया

सम्बन्धित शीर्षकहरु

मुख्य खबर

नेपालमा जस्तो अवसर र सम्भावना कतै देख्दिन : अध्यक्ष ढकाल

नेपाल उद्योग वाणिज्य महासंघका अध्यक्ष चन्द्रप्रसाद ढकालले आँफूले नेपालमा जताततै सम्भावना र अवसरहरु मात्र देख्ने बताएका छन् । अमेरिकाको टेक्ससमा शनिबार आयोजित हिमालयन कन्क्लेभमा धारणा राख्दै उनले

पर्यटन व्यवसायी अंगाईले गरे पुनर्निर्माण कोषमा १ लाख सहयोग

युवा पर्यटन व्यवसायी तथा आर्यतारा होल्डिङसका अध्यक्ष नवराज अंगाईले सरकारले सुरु गरेको भौतिक पूर्वाधार पुनर्निर्माण कोषमा १ लाख रुपैयाँ सहयोग गरेका छन् । जेनजी आन्दोलनको क्रममा तोडफोड र आगजनी

शीतल निवासमा ४ मन्त्रीले लिए शपथ

अन्तरिम सरकारमा नियुक्त भएका थप ४ मन्त्रीले अहिले पद तथा गोपनीयताको शपथ लिएका छन् ।

निजी क्षेत्रको मनोबल कम हुन दिंदैनौं : नवनियुक्त अर्थमन्त्री खनाल

नवनियुक्त अर्थमन्त्री रामेश्वर खनालले निजी क्षेत्रको मनोबल कम हुन नदिने बताएका छन् । सोमबार अर्थ मन्त्रालयमा पदभार ग्रहण गर्दै खनालले यस्तो बताएका हुन् ।

मनोरञ्जन

रियालिटी शो ‘एक्टिङ स्टार’ कलाकार बन्ने र सिनेमा खेल्ने अवसर

रियालिटी शो ‘एक्टिङ स्टार’को केहि महिना अघि डिजिटल अडिसनको आव्हान गरिएको थियो । डिजिटल अडिसन मार्फत हालसम्म कलाकार बन्न चाहने ५०० भन्दा बढीले भिडियो खिचेर पठाएको कार्यक्रम निर्माण कम्पनी महक मिडिया नेटवर्कले जानकारी गराएको छ ।

नयाँ रियालिटी शो ‘एक्टिङ स्टार’को डिजिटल अडिसन खुल्ला

अभिनयमा रुची राख्नेहरुका लागि नयाँ रियालिटी शो ‘एक्टिङ स्टार’को घोषणा भएको छ । आगामी १ भदौ देखि एक महिनासम्मको लागि डिजिटल अडिसन खुल्ला गरिएको छ ।

१० करोड रुपैयाँ लगानीको दीपक र दीपाको सिनेमा हल संचालनमा

कलाकारहरु दीपकराज गिरी, दीपाश्री निरौला र निर्मल शर्माको लगानी रहेको मल्टिलप्लेक्स हल शुक्रबारबाट संचालनमा आएको छ ।