logo

प्राइम कमर्सियल बैंकको साधारणसभा आज हुदैं

    1184   पटक पढिएको

२६ जेठ / अर्थ र व्यापार - प्राइम कमर्सियल बैंकको साधारणसभा आज हुने भएको छ । उक्त साधारणसभामा बोर्डले प्रस्ताव गरेका १६ प्रतिशत बोनस शेयर र वर्तमान १० अर्ब रुपैयाँ अधिकृत पूँजीलाई वृद्धि गरी  २२ अर्ब रुपैयाँ पु¥याउने  प्रस्ताब पेश हुदैछ ।

बैंकले लाभांश प्रस्ताव सहित विविध प्रस्ताव पारित गर्न १४ औं वार्षिक साधारण सभामा बोलाएको हो । नेपाल एकेडेमी कमलादीमा विहान १० बजेदेखि सभा सुरु भएको छ । सभाले संस्थापक शेयरधनीतर्फबाट सञ्चाकलमा तीन जना नयाँ सञ्चालक समिति समेत चयन गर्ने  छ । सर्वसाधारण तर्फबाट सञ्चालकमा दुई जनाको निर्वाचन मनोनयन गर्ने कार्यक्रम समेत तय गरेको छ । बैंकले साधारणसभा प्रयोजनको लागि जेठ ९ गतेदेखि बुक क्लोज गरेकाले जेठ ८ गतेसम्म कायम शेयरधनीहरुमात्र सभामा भाग लिन र लाभांश प्राप्त गर्न सक्नेछन् । 

ओम डेभलपमेण्ट बैंकसँग मर्जर प्रक्रिया टुटेपछि अन्य बैंकसँग मर्जर प्रकृयाका लागि सम्पुर्ण अख्तियारी सञ्चालक समितिलाई प्रदान गर्ने , वर्तमान १० अर्ब रुपैयाँ अधिकृत पूँजीलाई वृद्धि गरी  २२ अर्ब रुपैयाँ पु¥याउने यसका लागि प्रबन्धपत्र तथा नियमावली संशोधन गर्ने लगाएतका विषय सभामा छलफलका लागि पेश हुनेछन् । बैंकले कन्काई विकास बैंकलाई प्राप्ति गर्ने सम्झौतामा जेठ २२  हस्ताक्षर गरेको गरिसकेको छ । उक्त बैंकको मर्जमा ९५ प्रतिशतसम्म शेयर स्वप रेसियो कन्काइले पाउने गरि प्राप्तिको सम्झौता गरेपछिको साधारणसभाबाट अनुमोदन समेत गराउने कार्यक्रम रहेको छ ।  
 

तपाईको प्रतिक्रिया

सम्बन्धित शीर्षकहरु

मुख्य खबर

नेपालमा जस्तो अवसर र सम्भावना कतै देख्दिन : अध्यक्ष ढकाल

नेपाल उद्योग वाणिज्य महासंघका अध्यक्ष चन्द्रप्रसाद ढकालले आँफूले नेपालमा जताततै सम्भावना र अवसरहरु मात्र देख्ने बताएका छन् । अमेरिकाको टेक्ससमा शनिबार आयोजित हिमालयन कन्क्लेभमा धारणा राख्दै उनले

पर्यटन व्यवसायी अंगाईले गरे पुनर्निर्माण कोषमा १ लाख सहयोग

युवा पर्यटन व्यवसायी तथा आर्यतारा होल्डिङसका अध्यक्ष नवराज अंगाईले सरकारले सुरु गरेको भौतिक पूर्वाधार पुनर्निर्माण कोषमा १ लाख रुपैयाँ सहयोग गरेका छन् । जेनजी आन्दोलनको क्रममा तोडफोड र आगजनी

शीतल निवासमा ४ मन्त्रीले लिए शपथ

अन्तरिम सरकारमा नियुक्त भएका थप ४ मन्त्रीले अहिले पद तथा गोपनीयताको शपथ लिएका छन् ।

निजी क्षेत्रको मनोबल कम हुन दिंदैनौं : नवनियुक्त अर्थमन्त्री खनाल

नवनियुक्त अर्थमन्त्री रामेश्वर खनालले निजी क्षेत्रको मनोबल कम हुन नदिने बताएका छन् । सोमबार अर्थ मन्त्रालयमा पदभार ग्रहण गर्दै खनालले यस्तो बताएका हुन् ।

मनोरञ्जन

रियालिटी शो ‘एक्टिङ स्टार’ कलाकार बन्ने र सिनेमा खेल्ने अवसर

रियालिटी शो ‘एक्टिङ स्टार’को केहि महिना अघि डिजिटल अडिसनको आव्हान गरिएको थियो । डिजिटल अडिसन मार्फत हालसम्म कलाकार बन्न चाहने ५०० भन्दा बढीले भिडियो खिचेर पठाएको कार्यक्रम निर्माण कम्पनी महक मिडिया नेटवर्कले जानकारी गराएको छ ।

नयाँ रियालिटी शो ‘एक्टिङ स्टार’को डिजिटल अडिसन खुल्ला

अभिनयमा रुची राख्नेहरुका लागि नयाँ रियालिटी शो ‘एक्टिङ स्टार’को घोषणा भएको छ । आगामी १ भदौ देखि एक महिनासम्मको लागि डिजिटल अडिसन खुल्ला गरिएको छ ।

१० करोड रुपैयाँ लगानीको दीपक र दीपाको सिनेमा हल संचालनमा

कलाकारहरु दीपकराज गिरी, दीपाश्री निरौला र निर्मल शर्माको लगानी रहेको मल्टिलप्लेक्स हल शुक्रबारबाट संचालनमा आएको छ ।