logo

प्राईम कमर्सियल बैंकद्वारा शेयरधनीलाई वितरण गर्ने लाभांश घोषणा

    1096   पटक पढिएको

६ पुस/ अर्थ र व्यापार  - प्राईम कमर्सियल बैंक (PCBL) ले गत आर्थिक वर्षको नाफाबाट शेयरधनीलाई वितरण गर्ने लाभांश घोषणा गरेको छ । बैंकले गत आवको वितरणयोग्य मुनाफाबाट १६ प्रतिशतका दरले बोनस शेयर वितरण गर्ने प्रस्ताव गरिएको छ । अघिल्लो वर्ष बैंकले २७ प्रतिशत बोनस बाँडेको थियो ।

बैंक सञ्चालक समितिका पुस ५ गते  बिहीबार ३ बजे सम्पन्न ३४८ औं बैठकले सो लाभांश वितरण गर्ने प्रस्ताव गरेको हो । सञ्चालक समितिको निर्णय नेपाल राष्ट्र बैंकबाट स्वीकृत भएर बैंकको आगामी वार्षिक साधारण सभाले अनुमोदन गरेपछि मात्र शेयरधनीलाई वितरण हुनेछ ।
प्राइमको हाल चुक्ता पूँजी ८ अर्ब ३ करोड ३२ लाख ९९ हजार रुपैयाँ रहेको छ । १६ प्रतिशत बराबरको एक अर्ब २८ करोड ५३ लाख २७ हजार ८४० रुपैयाँ बोनस वितरणपछि बैंकको चुक्ता पूँजी ९ अर्ब ३१ करोड ८६ लाख २६ हजार ८४० रुपैयाँ पुग्नेछ ।
नेपाल फाइनान्सिङ रिर्पोटिङ्ग स्टाण्डर्ड (एनएफआरएस)का अनुसार आर्थिक वर्ष २०७४र७५ को चौथो त्रैमासमा बैंकले एक अर्ब ८९ करोड २० लाखको वितरणयोग्य मुनाफा आर्जन गरेको थियो । जसबाट एक अर्ब २८ करोड ५३ लाख लाभांश बाँड्नेछ ।
चालु आर्थिक वर्षको पहिलो त्रैमासमा बैंकले ५८ करोड १९ लाख २९ हजार रुपैयाँ खुद नाफा कमाएर प्रतिशेयर आम्दानी २८ रुपैयाँ ९८ पैसा कायम गरेको छ ।
 

तपाईको प्रतिक्रिया

सम्बन्धित शीर्षकहरु

मुख्य खबर

नेपालमा जस्तो अवसर र सम्भावना कतै देख्दिन : अध्यक्ष ढकाल

नेपाल उद्योग वाणिज्य महासंघका अध्यक्ष चन्द्रप्रसाद ढकालले आँफूले नेपालमा जताततै सम्भावना र अवसरहरु मात्र देख्ने बताएका छन् । अमेरिकाको टेक्ससमा शनिबार आयोजित हिमालयन कन्क्लेभमा धारणा राख्दै उनले

पर्यटन व्यवसायी अंगाईले गरे पुनर्निर्माण कोषमा १ लाख सहयोग

युवा पर्यटन व्यवसायी तथा आर्यतारा होल्डिङसका अध्यक्ष नवराज अंगाईले सरकारले सुरु गरेको भौतिक पूर्वाधार पुनर्निर्माण कोषमा १ लाख रुपैयाँ सहयोग गरेका छन् । जेनजी आन्दोलनको क्रममा तोडफोड र आगजनी

शीतल निवासमा ४ मन्त्रीले लिए शपथ

अन्तरिम सरकारमा नियुक्त भएका थप ४ मन्त्रीले अहिले पद तथा गोपनीयताको शपथ लिएका छन् ।

निजी क्षेत्रको मनोबल कम हुन दिंदैनौं : नवनियुक्त अर्थमन्त्री खनाल

नवनियुक्त अर्थमन्त्री रामेश्वर खनालले निजी क्षेत्रको मनोबल कम हुन नदिने बताएका छन् । सोमबार अर्थ मन्त्रालयमा पदभार ग्रहण गर्दै खनालले यस्तो बताएका हुन् ।

मनोरञ्जन

रियालिटी शो ‘एक्टिङ स्टार’ कलाकार बन्ने र सिनेमा खेल्ने अवसर

रियालिटी शो ‘एक्टिङ स्टार’को केहि महिना अघि डिजिटल अडिसनको आव्हान गरिएको थियो । डिजिटल अडिसन मार्फत हालसम्म कलाकार बन्न चाहने ५०० भन्दा बढीले भिडियो खिचेर पठाएको कार्यक्रम निर्माण कम्पनी महक मिडिया नेटवर्कले जानकारी गराएको छ ।

नयाँ रियालिटी शो ‘एक्टिङ स्टार’को डिजिटल अडिसन खुल्ला

अभिनयमा रुची राख्नेहरुका लागि नयाँ रियालिटी शो ‘एक्टिङ स्टार’को घोषणा भएको छ । आगामी १ भदौ देखि एक महिनासम्मको लागि डिजिटल अडिसन खुल्ला गरिएको छ ।

१० करोड रुपैयाँ लगानीको दीपक र दीपाको सिनेमा हल संचालनमा

कलाकारहरु दीपकराज गिरी, दीपाश्री निरौला र निर्मल शर्माको लगानी रहेको मल्टिलप्लेक्स हल शुक्रबारबाट संचालनमा आएको छ ।