logo

प्राइम बैंकको आर्थिक वर्षको छ महिनामा ३३ प्रतिशत नाफा बढ्यो

    1138   पटक पढिएको

२७ माघ /अर्थ र व्यापार  - प्राइम बैंकले आर्थिक वर्षको छ महिनामा ३३ प्रतिशत नाफा बढाएको छ । बैंकले छ महिनाको अवधिमा एक अर्ब ६ करोड रुपैयाँ नाफा गरेको छ । बैंकले भएकै निक्षेपलाई अधिकतम परिचालन गरी खुद व्याज आम्दानी सुधार गर्दै नाफा बढाएको हो । बैंकको निक्षेप संकलन ७ प्रतिशतले बढ्दा ऋण लगानी भने १५ प्रतिशतले बढाएको हो ।

बैंकले पुससम्ममा ७६ अर्ब ७२ करोड रुपैयाँ निक्षेप संकलन गरी ७२ अर्ब रुपैयाँ ऋण लगानी विस्तार गरेको छ । गत वर्षको यहि अवधिमा बैंकले ७१ अर्ब ६ करोड रुपैयाँ निक्षेप संकलन गरी ६३ अर्ब २ करोड रुपैयाँ ऋण लगानी गरेको थियो। खुद व्याज आम्दानी ५२ प्रतिशतले बढाएर एक अर्ब ७७ करोड रुपैयाँ आर्जन गर्न सफल भएको छ । चुक्ता पूँजी ८ अर्ब तीन करोड रुपैयाँ छ भने जगेडामा ४ अर्ब २२ करोड रुपैयाँ जम्मा भएको छ । पूँजी कोष अनुपात १२.६८ प्रतिशत छ भने खराब कर्जा ०.१५ प्रतिशत विन्दुले बढेर १.५८ प्रतिशत छ ।

प्रतिशेयर आम्दानी चुक्ता पूँजी २७ प्रतिशतले बढ्दा पनि एक रुपैयाँ बढाउन सफल भएको छ । प्रतिशेयर आम्दानी २६ रुपैयाँ छ ।
 

 

    
 

तपाईको प्रतिक्रिया

सम्बन्धित शीर्षकहरु

मुख्य खबर

नेपालमा जस्तो अवसर र सम्भावना कतै देख्दिन : अध्यक्ष ढकाल

नेपाल उद्योग वाणिज्य महासंघका अध्यक्ष चन्द्रप्रसाद ढकालले आँफूले नेपालमा जताततै सम्भावना र अवसरहरु मात्र देख्ने बताएका छन् । अमेरिकाको टेक्ससमा शनिबार आयोजित हिमालयन कन्क्लेभमा धारणा राख्दै उनले

पर्यटन व्यवसायी अंगाईले गरे पुनर्निर्माण कोषमा १ लाख सहयोग

युवा पर्यटन व्यवसायी तथा आर्यतारा होल्डिङसका अध्यक्ष नवराज अंगाईले सरकारले सुरु गरेको भौतिक पूर्वाधार पुनर्निर्माण कोषमा १ लाख रुपैयाँ सहयोग गरेका छन् । जेनजी आन्दोलनको क्रममा तोडफोड र आगजनी

शीतल निवासमा ४ मन्त्रीले लिए शपथ

अन्तरिम सरकारमा नियुक्त भएका थप ४ मन्त्रीले अहिले पद तथा गोपनीयताको शपथ लिएका छन् ।

निजी क्षेत्रको मनोबल कम हुन दिंदैनौं : नवनियुक्त अर्थमन्त्री खनाल

नवनियुक्त अर्थमन्त्री रामेश्वर खनालले निजी क्षेत्रको मनोबल कम हुन नदिने बताएका छन् । सोमबार अर्थ मन्त्रालयमा पदभार ग्रहण गर्दै खनालले यस्तो बताएका हुन् ।

मनोरञ्जन

रियालिटी शो ‘एक्टिङ स्टार’ कलाकार बन्ने र सिनेमा खेल्ने अवसर

रियालिटी शो ‘एक्टिङ स्टार’को केहि महिना अघि डिजिटल अडिसनको आव्हान गरिएको थियो । डिजिटल अडिसन मार्फत हालसम्म कलाकार बन्न चाहने ५०० भन्दा बढीले भिडियो खिचेर पठाएको कार्यक्रम निर्माण कम्पनी महक मिडिया नेटवर्कले जानकारी गराएको छ ।

नयाँ रियालिटी शो ‘एक्टिङ स्टार’को डिजिटल अडिसन खुल्ला

अभिनयमा रुची राख्नेहरुका लागि नयाँ रियालिटी शो ‘एक्टिङ स्टार’को घोषणा भएको छ । आगामी १ भदौ देखि एक महिनासम्मको लागि डिजिटल अडिसन खुल्ला गरिएको छ ।

१० करोड रुपैयाँ लगानीको दीपक र दीपाको सिनेमा हल संचालनमा

कलाकारहरु दीपकराज गिरी, दीपाश्री निरौला र निर्मल शर्माको लगानी रहेको मल्टिलप्लेक्स हल शुक्रबारबाट संचालनमा आएको छ ।