logo

प्राइम र ओम डेभलपमेन्ट बैंकलाई राष्ट्र बैंकको अल्टिमेटम

    1075   पटक पढिएको

२७ बैशाख /अर्थ र व्यापार  - प्राइम बैंक र ओम डेभलपमेन्ट बैंकलाई राष्ट्र बैंकले ३ महिनाभित्र मर्जर तथा एक्वायरमा जान राष्ट्र बैंकले अल्टिमेटम दिएको छ । समझदारी गरेको ८ महिनापछि डिमर्जमा जाने निर्णय गरेका थिए ।राष्ट्र बैंकको बिहीबार बसेको सञ्चालक समितिको बैठकले प्राइम र ओमलाई एक्विजिसनका लागि दिएको सैद्दान्तिक सहमति खारेज गर्दै अर्को कुनै संस्था खोजेर ३ महिनाभित्र मर्जरमा जान अल्टिमेटम दिएको हो ।

३ महिनासम्म राष्ट्र बैंकबाट पाउने पुनःकर्जा लगायतका सुविधा उपलब्ध नगराउने सञ्चालक समितिले निर्णय गरेको छ । राष्ट्र बैंक ऐन दफा १०० को अधिकार प्रयोग गरी यस्तो कारबाही गर्ने निर्णय गरिएको स्रोतले जानकारी दियो । कर्मचारी समायोजन लगायतका विषयमा कुरा नमिलेपछि यी दुई संस्थाबीचको एक्विजिसन प्रक्रिया अवरुद्ध भएको हो । दुबै संस्थाले प्रक्रिया अवरुद्ध हुनुमा एकअर्कालाई दोष लगाएका छन् ।

एक्विजिसन प्रक्रिया सक्नका लागि राष्ट्र बैंकले यही बैशाख १३ गतेसम्मका लागि समय दिएको थियो । उक्त मितिमा दुबै बैंकले अलग हुनका लागि आवेदन दिएका थिए । बैशाख ८ गते राष्ट्र बैंकका नियमन विभागका कार्यकारी निर्देशक नारायण पौडेलको संयोजकत्वमा प्राइम र ओमका प्रतिनिधि र विभागकै अन्य कर्मचारीहरुबीच छलफल भएको थियो । प्रक्रिया तोडे राष्ट्र बैंकले कारबाही गर्ने चेतावनी दिँदादिँदै पनि यी संस्थाले अलग हुने निर्णय गरेका हुन् । गत भदौ ३ गते दुबै बैंकका अध्यक्षले एक समारोहबीच एक्विजिसन सम्बन्धी सम्झौतामा हस्ताक्षर गरेका थिए ।

तपाईको प्रतिक्रिया

सम्बन्धित शीर्षकहरु

मुख्य खबर

नेपालमा जस्तो अवसर र सम्भावना कतै देख्दिन : अध्यक्ष ढकाल

नेपाल उद्योग वाणिज्य महासंघका अध्यक्ष चन्द्रप्रसाद ढकालले आँफूले नेपालमा जताततै सम्भावना र अवसरहरु मात्र देख्ने बताएका छन् । अमेरिकाको टेक्ससमा शनिबार आयोजित हिमालयन कन्क्लेभमा धारणा राख्दै उनले

पर्यटन व्यवसायी अंगाईले गरे पुनर्निर्माण कोषमा १ लाख सहयोग

युवा पर्यटन व्यवसायी तथा आर्यतारा होल्डिङसका अध्यक्ष नवराज अंगाईले सरकारले सुरु गरेको भौतिक पूर्वाधार पुनर्निर्माण कोषमा १ लाख रुपैयाँ सहयोग गरेका छन् । जेनजी आन्दोलनको क्रममा तोडफोड र आगजनी

शीतल निवासमा ४ मन्त्रीले लिए शपथ

अन्तरिम सरकारमा नियुक्त भएका थप ४ मन्त्रीले अहिले पद तथा गोपनीयताको शपथ लिएका छन् ।

निजी क्षेत्रको मनोबल कम हुन दिंदैनौं : नवनियुक्त अर्थमन्त्री खनाल

नवनियुक्त अर्थमन्त्री रामेश्वर खनालले निजी क्षेत्रको मनोबल कम हुन नदिने बताएका छन् । सोमबार अर्थ मन्त्रालयमा पदभार ग्रहण गर्दै खनालले यस्तो बताएका हुन् ।

मनोरञ्जन

रियालिटी शो ‘एक्टिङ स्टार’ कलाकार बन्ने र सिनेमा खेल्ने अवसर

रियालिटी शो ‘एक्टिङ स्टार’को केहि महिना अघि डिजिटल अडिसनको आव्हान गरिएको थियो । डिजिटल अडिसन मार्फत हालसम्म कलाकार बन्न चाहने ५०० भन्दा बढीले भिडियो खिचेर पठाएको कार्यक्रम निर्माण कम्पनी महक मिडिया नेटवर्कले जानकारी गराएको छ ।

नयाँ रियालिटी शो ‘एक्टिङ स्टार’को डिजिटल अडिसन खुल्ला

अभिनयमा रुची राख्नेहरुका लागि नयाँ रियालिटी शो ‘एक्टिङ स्टार’को घोषणा भएको छ । आगामी १ भदौ देखि एक महिनासम्मको लागि डिजिटल अडिसन खुल्ला गरिएको छ ।

१० करोड रुपैयाँ लगानीको दीपक र दीपाको सिनेमा हल संचालनमा

कलाकारहरु दीपकराज गिरी, दीपाश्री निरौला र निर्मल शर्माको लगानी रहेको मल्टिलप्लेक्स हल शुक्रबारबाट संचालनमा आएको छ ।