logo

प्राइम बैंक र ओम डेभलपमेन्ट बैंक मर्जर नहुने पक्का

    1383   पटक पढिएको

१३ बैशाख /अर्थ र व्यापार - प्राइम बैंक र ओम डेभलपमेन्ट बैंक मर्जर नहुने पक्का भएको छ । गत भदौ ३ गते भएको एक्विजिसन सम्बन्धी समझदारी आजदेखि विधिवतरुपमा तोडिएको हो । नियामक नेपाल राष्ट्र बैंकले बैशाख १३ अर्थात् आजसम्म मिलेर आउन निर्देशन दिएको थियो । तर, यी दुई बैंकबीच मिल्ने विषयमा कुनै छलफल नै भएन । दुबै बैंकलाई अब राष्ट्र बैकले कारबाही प्रक्रिया अघि बढाउने छ ।

राष्ट्र बैंकको विनियमावली अनुसार लाभांस बाँड्न नदिने, शाखा बिस्तारमा रोक लगाउने, सञ्चालक तथा माथिल्लो ब्यवस्थापनलाई जरिवाना वा अन्य कारवाही गर्न सक्ने र अन्य बैंकमा जागिर खान जान नदिनेसम्मको कारबाही हुनसक्छ । स्रोतका अनुसार राष्ट्र बैंकले दुबै बैंकलाई कारबाही स्वरुप ५ लाख रुपैयाँ तिराउने तयारी गरेको छ । त्यसैगरी, लाभांस बाँड्न नदिने, शाखा बिस्तारमा रोक लगाउने लगायतका कारबाही पनि गर्नेछ । र, दुबैलाई मर्जरमा जान तीब्र दबाब दिने भएको छ ।

कर्मचारी समायोजन, सञ्चालक समितिमा प्रतिनिधित्व र मूल्यमा कुरा नमिलेपछि यी दुई बैंकबीचको एक्विजिसन प्रक्रिया अवरुद्ध भएको हो । दुबै बैंकका प्रतिनिधिले एकअर्कालाई आरोप प्रत्यारोप गरिरहेका छन् । प्राइम बैंकका अधिकारीहरु ओमले मागेका सबै शर्त पूरा गर्न आफूहरु तयार हुँदा हुँदै पनि उ एक्कासी प्रक्रियाबाट भाग्न खोजेको आरोप लगाएका छन् । उता ओमका अधिकारीहरु भने प्राइमले कुनैपनि प्रक्रिया अघि नबढाएको र ओमलाई अबमूल्यन गरेको आरोप लगाएका छन् ।

तपाईको प्रतिक्रिया

सम्बन्धित शीर्षकहरु

मुख्य खबर

नेपालमा जस्तो अवसर र सम्भावना कतै देख्दिन : अध्यक्ष ढकाल

नेपाल उद्योग वाणिज्य महासंघका अध्यक्ष चन्द्रप्रसाद ढकालले आँफूले नेपालमा जताततै सम्भावना र अवसरहरु मात्र देख्ने बताएका छन् । अमेरिकाको टेक्ससमा शनिबार आयोजित हिमालयन कन्क्लेभमा धारणा राख्दै उनले

पर्यटन व्यवसायी अंगाईले गरे पुनर्निर्माण कोषमा १ लाख सहयोग

युवा पर्यटन व्यवसायी तथा आर्यतारा होल्डिङसका अध्यक्ष नवराज अंगाईले सरकारले सुरु गरेको भौतिक पूर्वाधार पुनर्निर्माण कोषमा १ लाख रुपैयाँ सहयोग गरेका छन् । जेनजी आन्दोलनको क्रममा तोडफोड र आगजनी

शीतल निवासमा ४ मन्त्रीले लिए शपथ

अन्तरिम सरकारमा नियुक्त भएका थप ४ मन्त्रीले अहिले पद तथा गोपनीयताको शपथ लिएका छन् ।

निजी क्षेत्रको मनोबल कम हुन दिंदैनौं : नवनियुक्त अर्थमन्त्री खनाल

नवनियुक्त अर्थमन्त्री रामेश्वर खनालले निजी क्षेत्रको मनोबल कम हुन नदिने बताएका छन् । सोमबार अर्थ मन्त्रालयमा पदभार ग्रहण गर्दै खनालले यस्तो बताएका हुन् ।

मनोरञ्जन

रियालिटी शो ‘एक्टिङ स्टार’ कलाकार बन्ने र सिनेमा खेल्ने अवसर

रियालिटी शो ‘एक्टिङ स्टार’को केहि महिना अघि डिजिटल अडिसनको आव्हान गरिएको थियो । डिजिटल अडिसन मार्फत हालसम्म कलाकार बन्न चाहने ५०० भन्दा बढीले भिडियो खिचेर पठाएको कार्यक्रम निर्माण कम्पनी महक मिडिया नेटवर्कले जानकारी गराएको छ ।

नयाँ रियालिटी शो ‘एक्टिङ स्टार’को डिजिटल अडिसन खुल्ला

अभिनयमा रुची राख्नेहरुका लागि नयाँ रियालिटी शो ‘एक्टिङ स्टार’को घोषणा भएको छ । आगामी १ भदौ देखि एक महिनासम्मको लागि डिजिटल अडिसन खुल्ला गरिएको छ ।

१० करोड रुपैयाँ लगानीको दीपक र दीपाको सिनेमा हल संचालनमा

कलाकारहरु दीपकराज गिरी, दीपाश्री निरौला र निर्मल शर्माको लगानी रहेको मल्टिलप्लेक्स हल शुक्रबारबाट संचालनमा आएको छ ।