२२ जेठ / अर्थ र व्यापार-प्रिमियर इन्स्योरेन्स कम्पनीले जारी गर्ने थप नयाँ साधारण सेयर अर्थात एफपीओको मूल्य घटाएर नयाँ मुल्य सार्वजनिक गरेको छ । कम्पनीले प्रिमियम सहित प्रतिकित्ता ८९५ रुपैयाँमा एफपीओ बिक्री गर्ने भएको हो ।
यसअघि कम्पनीले प्रिमियम सहित प्रतिकित्ता एक हजार चार रुपैयाँमा एफपीओ बिक्री गर्ने प्रस्ताव गरेको थियो । इन्स्योरेन्सले धितोपत्र बोर्डबाट जारी गरिएको नयाँ निर्दे्शिका बमोजिम एफपीओको मूल्य निर्धारण गरेकोे छ ।
कम्पनीले अब प्रतिकित्ता अंकित एक सय रुपैयाँमा ७९५ रुपैयाँ प्रिमियम थपेर प्रतिकित्ता ८९५ रुपैयाँमा एफपीओ बिक्री गर्ने भएको हो । प्रिमियरले ६ लाख ५९ हजार ५ सय ६५ कित्ता शेयर जारी गर्न लागेको छ ।
इन्स्योरेन्सले संस्थापक र साधारण सेयरको अनुपात ५१ः४९ कायम गर्न एफपिओ बिक्री गर्न लागेको हो । एफपीओ जारी गर्न एनएमबि क्यापिट बिक्री प्रबन्धक समेत नियुक्त गरिसकेको छ ।
तपाईको प्रतिक्रिया