logo

प्रिमियर इन्स्योरेन्सको कूल बीमा शुल्क ९८ करोड, नाफामा सामान्य सुधार

    1293   पटक पढिएको

१ फागुन / अर्थ र व्यापार - प्रिमियर इन्स्योरेन्स कम्पनीले चालु आर्थिक वर्षको दोस्रो त्रैमासको वित्तीय विवरण बिहिवार प्रकाशन गरेको छ । कम्पनीले चालु आर्थिक वर्षको समिक्षा अवधिसम्ममा ९८ करोड २४ लाख रुपैयाँ कूल बीमा शुल्क आर्जन गर्न सफल भएको छ । कम्पनीले गत आर्थिक वर्षको सोही अवधिमा ७९ करोड ५४ लाख रुपैयाँ कूल बीमा शुल्क आर्जन गरेको थियो ।

नयाँ कम्पनी थपिएपछि प्रतिस्पर्धी बनेको बीमा बजारमा बीमा शुल्क उल्लेख्य रुपमा आर्जन गर्न सफल हुँदै प्रिमियर इन्स्योरेन्सले व्यवसायिक दक्षता प्रदर्शन गरेको छ ।

एक अर्ब ७ करोड रुपैयाँ चुक्ता पूँजी भएको कम्पनीले समिक्षा अवधिसम्ममा जगेडा कोषमा २१ करोड २ लाख ३६ हजार रुपैयाँ संचिती गरेको छ । गत आर्थिक वर्षको सोही अवधिमा कम्पनीले जगेडा कोषमा ६० करोड १० लाख ५३ रुपैयाँ मात्र संचिती गरेको थियो । गत आर्थिक वर्षको सोही अवधिको तुलनामा कम्पनीको जगेडा कोष घटेको हो ।

पुष मसान्तसम्ममा कम्पनीको बीमा कोषमा ५४ करोड २ लाख रुपैयाँ रहेको छ । गत आर्थिक वर्षको सोही अवधिमा कम्पनीको बीमा कोषमा ४३ करोड १ लाख रुपैयाँ मात्र रहेको थियो ।

समिक्षा अवधिसम्ममा कम्पनीले ५३ करोड २० लाख रुपैयाँ कूल दाबी भुक्तानी गरेको छ । गत आर्थिक वर्षको सोही अवधिमा कम्पनीले ५४ करोड ८६ लाख रुपैयाँ कुल् दाबी भुक्तानी गरेको थियो । गत आर्थिक वर्षको सोही अवधिको तुलनामा कम्पनीको कूल दाबी भुक्तानी घटेको हो ।

त्यस्तै, यस अवधिसम्म कम्पनीले ८१ हजार ८ सय ८४ बीमा लेख जारी गरेको छ । गत आर्थिक वर्षको सोही अवधिमा कम्पनीले १ लाख ३ हजार १ सय २१ वटा बीमालेख जारी गरेको थियो ।
यस अवधिसम्म कम्पनीले ८ करोड ९३ लाख रुपैयाँ नाफा कमाउन सफल भएको छ । गत आथिृक वर्षको सोही अवधिमा कम्पनीले ५ करोड ८८ लाख रुपैयाँ खुद नाफा कमाएको थियो ।

प्रति शेयर आम्दानी १६ रुपैयाँ ६४ पैसा रहेको छ । प्रति शेयर नेटवर्थ १ सय ७५ रुपैयाँ ४८ पैसा रहेको छ ।
 

तपाईको प्रतिक्रिया

सम्बन्धित शीर्षकहरु

मुख्य खबर

नेपालमा जस्तो अवसर र सम्भावना कतै देख्दिन : अध्यक्ष ढकाल

नेपाल उद्योग वाणिज्य महासंघका अध्यक्ष चन्द्रप्रसाद ढकालले आँफूले नेपालमा जताततै सम्भावना र अवसरहरु मात्र देख्ने बताएका छन् । अमेरिकाको टेक्ससमा शनिबार आयोजित हिमालयन कन्क्लेभमा धारणा राख्दै उनले

पर्यटन व्यवसायी अंगाईले गरे पुनर्निर्माण कोषमा १ लाख सहयोग

युवा पर्यटन व्यवसायी तथा आर्यतारा होल्डिङसका अध्यक्ष नवराज अंगाईले सरकारले सुरु गरेको भौतिक पूर्वाधार पुनर्निर्माण कोषमा १ लाख रुपैयाँ सहयोग गरेका छन् । जेनजी आन्दोलनको क्रममा तोडफोड र आगजनी

शीतल निवासमा ४ मन्त्रीले लिए शपथ

अन्तरिम सरकारमा नियुक्त भएका थप ४ मन्त्रीले अहिले पद तथा गोपनीयताको शपथ लिएका छन् ।

निजी क्षेत्रको मनोबल कम हुन दिंदैनौं : नवनियुक्त अर्थमन्त्री खनाल

नवनियुक्त अर्थमन्त्री रामेश्वर खनालले निजी क्षेत्रको मनोबल कम हुन नदिने बताएका छन् । सोमबार अर्थ मन्त्रालयमा पदभार ग्रहण गर्दै खनालले यस्तो बताएका हुन् ।

मनोरञ्जन

रियालिटी शो ‘एक्टिङ स्टार’ कलाकार बन्ने र सिनेमा खेल्ने अवसर

रियालिटी शो ‘एक्टिङ स्टार’को केहि महिना अघि डिजिटल अडिसनको आव्हान गरिएको थियो । डिजिटल अडिसन मार्फत हालसम्म कलाकार बन्न चाहने ५०० भन्दा बढीले भिडियो खिचेर पठाएको कार्यक्रम निर्माण कम्पनी महक मिडिया नेटवर्कले जानकारी गराएको छ ।

नयाँ रियालिटी शो ‘एक्टिङ स्टार’को डिजिटल अडिसन खुल्ला

अभिनयमा रुची राख्नेहरुका लागि नयाँ रियालिटी शो ‘एक्टिङ स्टार’को घोषणा भएको छ । आगामी १ भदौ देखि एक महिनासम्मको लागि डिजिटल अडिसन खुल्ला गरिएको छ ।

१० करोड रुपैयाँ लगानीको दीपक र दीपाको सिनेमा हल संचालनमा

कलाकारहरु दीपकराज गिरी, दीपाश्री निरौला र निर्मल शर्माको लगानी रहेको मल्टिलप्लेक्स हल शुक्रबारबाट संचालनमा आएको छ ।