१३ पुष / अर्थ र व्यापार - काठमाडौं । प्रभु लाइफ इन्स्योरन्स लिमिटेडले विदेश जाने कामदारहरुका लागि बैदेशिक रोजगार (म्यादी) जीवन बीमा योजनाको शुभारम्भ गरेको छ । बाफलस्थित यस कार्यालयको बैदेशिक रोजगार जीवन बीमा शाखाबाट बीमा गर्न सकिने छ ।
उक्त शाखाको उद्घाटन गर्दै प्रभु लाइफ इन्स्योरन्सका अध्यक्ष रामबहादुर पाण्डेले प्रभु लाइफले बैदेशिक रोजगारमा जाने व्यक्तिहरुका लागि कम्पनी सदा तप्पर भै सेवा दिने जानकारी दिए । कम्पनीले अब देशभरी नै आफ्नो शाखा संजाल पू¥याई जीवन बीमासँग सम्बधित हरेक सेवा प्रदान गर्ने लक्ष्य रहेको बताए ।
तपाईको प्रतिक्रिया