१० पुस/अर्थ र व्यापार– प्रभु लाइफ इन्स्योरेन्सले सर्वसाधारणका लागि निष्कासन गरेको प्राथमिक सेयर (आइपिओ) शुक्रबार बाँडफाँट भएको छ । कम्पनीको आइपिओमा १० लाख ५१ हजार २ सय १६ जनाले आवेदन दिएका थिए ।
बिक्री प्रबन्धक सिद्धार्थ क्यापिटलले शुक्रबार गरेको बाँडफाँटमा ५ लाख ४० हजार जना आवेदकले १० कित्ताका दरले पाएका छन् । भने ५ लाख ११ हजार २ सय १६ जना आवेदकको हात खाली रह्यो ।
कुल आवेदन मध्ये २ हजार १ सय ६९ आवेदन रद्द भएको छ । सदर भएका आवेदनमध्ये १० लाख ४९ हजार ४७ लाई गोलाप्रथाबाट सेयर बाँडफाँट गरिएको हो ।
कम्पनीले कुल ६० लाख कित्ता आइपीओ निष्कासन गरेको थियो । सो मध्ये सामूहिक लगानी कोष र कम्पनीका कर्मचारीलाई ३–३ लाख र ५४ लाख कित्ता सेयरका लागि सर्वसाधारणबाट आवेदन माग गरिएको थियो ।
प्राथमिक सेयर (आइपिओ) बाँडफाँड भएसँगै प्रभु लाइफ इन्स्योरेन्सको चुक्ता पूँजी दुई अर्ब पुगेको छ ।
तपाईको प्रतिक्रिया