३१ जेठ /अर्थ र व्यापार - प्रभु लाइफ इन्स्योरेन्सका प्रमुख कार्यकारी अधिकृतमा नारायण पौडेल नियुक्त भएका छन् । नेपाल राष्ट्र बैंकको ३० बर्ष सेवा अवधिका कारण कार्यकारी निर्देशकबाट अवकाश पाएका पौडेल प्रभु लाइफ इन्स्योरेन्सका प्रमुख कार्यकारी नियुक्त भएका हुन् ।
बैंकिङ क्षेत्रका बारेमा राम्रो ज्ञान भएका पौडेल पछिल्लो समय बैंक तथा वित्तीय संस्था नियमन विभागका प्रमुख थिए । उनी अनुसन्धानजस्तो महत्वपूर्ण विभागमा बसेर पनि काम गरेका थिए ।
पौडेलले २६ गते अवकाश भएका हुन् । प्रभु लाइफको ३० गतेको सञ्चालक समितिले उनलाई प्रमुख कार्यकारीमा नियुक्त गरेको हो । उनको नियुक्ति नियामक बीमा समितिले अनुमोदन गरेपछि मात्र कार्यान्वयन हुन्छ । बीमा समितिको अध्यक्षमा पनि राष्ट्र बैंककै ‘क्याडर’ छन् ।
तपाईको प्रतिक्रिया