४ असोज / अर्थ र व्यापार – प्रभु इन्स्योरेन्सले गत वर्षको कमाईबाट १९.२० प्रतिशत बोनस सेयर वितरणको प्रस्ताव गरेको छ । इन्स्योरेन्सले ११ करोड ८ लाख ८४ हजार ५३९ रुपैयाँ बराबरको बोनस बाड्ने प्रस्ताव गरेको हो । गत आर्थिक वर्षमा प्रभु इन्स्योरेन्सले १७ करोड ३८ लाख ३६ हजार रुपैंया खुद नाफा कमाएको थियो ।
सोमबार बसेको कम्पनी संचालक समितिको बैठकले बोनसमा लाग्ने कर बापत ५८ लाख ३६ हजार नगद लाभांश वितरण गर्ने प्रस्ताव समेत गरेको छ । कम्पनीले प्रस्ताव गरेको लाभांश बीमा समितिको स्वीकृति पश्चात आगामी साधरणसभाले पारित गरेपछि लगानीकर्तालाई वितरण गरिनेछ ।
इन्स्योरेन्सको चुक्ता पूँजी ५७ करोड ७५ लाख २४ हजार रुपैंया छ । बोनसपछि कम्पनीको पूँजी झण्डै ७९ करोड रुपैयाँ पुग्नेछ ।
तपाईको प्रतिक्रिया