logo

प्रभु बैंकद्धारा ‘इ शिक्षा पोर्टल’ को सुरुवात

    1994   पटक पढिएको

११ साउन / अर्थ र व्यापार – शैक्षिक संस्थाहरुलाई अत्यन्तै उपयोगी ई शिक्षा पोर्टलको उद्घाटन प्रभु बैकका प्रमुख कार्यकारी अधिकुत अशोक शेरचनले गरेका छन् । प्रभु ग्रुपले सामाजीक उत्तरदायित्व अन्तरगत रहेर यसलाई नेपालमा पनि सुरुवात गरेको हो । शैक्षिक संस्थाहरुलाई प्रसाशनिक, आर्थिक, शैक्षिक तथा अन्य ब्यवस्थापकिय कार्यहरुलाई ई शिक्षा पोर्टल फलदायी हुने विश्वास लिइएको छ ।

यो पोर्टल भारत स्थीत ई शिक्षा कम्पनीले निर्माण गरेको हो भने त्यहाँका ५ सयभन्दा बढी शैक्षिक संस्थाहरुले यसको प्रयोग गर्दै आईरहेका छन् । उक्त ई शिक्षा प्रणाली एवं कागज रहित संरचनाको विकास गरी सम्पुर्ण स्कुल तथा कलेजलाई आधुनीकिकरण गर्ने सोचका साथ नेपालमा पनि सुरु गरिएको हो ।

यसले अभिभावक तथा विद्यार्थीहरुलाई सम्पुर्ण कार्य अनुगमन गर्न ई शिक्षा लाभदायीक हुने छ । यो प्रणालीको सुरुवात पछि विद्यार्थी, यातायात, पुस्तकालय, होमवर्क, वित्तिय विवरण, हाजिरी, परिक्षा, परामर्श विज्ञापन लगायतको अनलाइन जाँच गर्न सक्ने छन् ।

त्यस्तै, चौविसै घण्टा तथा सातैदिन प्रभुको संजालबाट शुल्क संकलन, ई बैकिङ एवं रुपैया कार्ड बाट तिर्न मिल्ने एवं अभिभावकले यसबारे घरैबाट अनुगमन गर्नुका साथै चाहिए अनुसारको सुचना सम्पे्रषण गर्न सक्ने छन् ।

 

तपाईको प्रतिक्रिया

सम्बन्धित शीर्षकहरु

मुख्य खबर

नेपालमा जस्तो अवसर र सम्भावना कतै देख्दिन : अध्यक्ष ढकाल

नेपाल उद्योग वाणिज्य महासंघका अध्यक्ष चन्द्रप्रसाद ढकालले आँफूले नेपालमा जताततै सम्भावना र अवसरहरु मात्र देख्ने बताएका छन् । अमेरिकाको टेक्ससमा शनिबार आयोजित हिमालयन कन्क्लेभमा धारणा राख्दै उनले

पर्यटन व्यवसायी अंगाईले गरे पुनर्निर्माण कोषमा १ लाख सहयोग

युवा पर्यटन व्यवसायी तथा आर्यतारा होल्डिङसका अध्यक्ष नवराज अंगाईले सरकारले सुरु गरेको भौतिक पूर्वाधार पुनर्निर्माण कोषमा १ लाख रुपैयाँ सहयोग गरेका छन् । जेनजी आन्दोलनको क्रममा तोडफोड र आगजनी

शीतल निवासमा ४ मन्त्रीले लिए शपथ

अन्तरिम सरकारमा नियुक्त भएका थप ४ मन्त्रीले अहिले पद तथा गोपनीयताको शपथ लिएका छन् ।

निजी क्षेत्रको मनोबल कम हुन दिंदैनौं : नवनियुक्त अर्थमन्त्री खनाल

नवनियुक्त अर्थमन्त्री रामेश्वर खनालले निजी क्षेत्रको मनोबल कम हुन नदिने बताएका छन् । सोमबार अर्थ मन्त्रालयमा पदभार ग्रहण गर्दै खनालले यस्तो बताएका हुन् ।

मनोरञ्जन

रियालिटी शो ‘एक्टिङ स्टार’ कलाकार बन्ने र सिनेमा खेल्ने अवसर

रियालिटी शो ‘एक्टिङ स्टार’को केहि महिना अघि डिजिटल अडिसनको आव्हान गरिएको थियो । डिजिटल अडिसन मार्फत हालसम्म कलाकार बन्न चाहने ५०० भन्दा बढीले भिडियो खिचेर पठाएको कार्यक्रम निर्माण कम्पनी महक मिडिया नेटवर्कले जानकारी गराएको छ ।

नयाँ रियालिटी शो ‘एक्टिङ स्टार’को डिजिटल अडिसन खुल्ला

अभिनयमा रुची राख्नेहरुका लागि नयाँ रियालिटी शो ‘एक्टिङ स्टार’को घोषणा भएको छ । आगामी १ भदौ देखि एक महिनासम्मको लागि डिजिटल अडिसन खुल्ला गरिएको छ ।

१० करोड रुपैयाँ लगानीको दीपक र दीपाको सिनेमा हल संचालनमा

कलाकारहरु दीपकराज गिरी, दीपाश्री निरौला र निर्मल शर्माको लगानी रहेको मल्टिलप्लेक्स हल शुक्रबारबाट संचालनमा आएको छ ।