७ माघ / अर्थ र व्यापार - गुल्मी जिल्लाको चन्द्रकोट गाउँपालिका वडा नं. ३ स्थित शान्तीपुर बजारमा आइतबारबाट प्रभु बैंकको शान्तीपुर शाखा कार्यालय सञ्चालनमा आएको छ ।
चन्द्रकोट गाउँपालिकाका अध्यक्ष द्रोण बहादुर खत्रीले एक समारोहका विच बैंकको शान्तीपुर शाखा कार्यालयको आइतबार उद्घाटन गरेका हुन् ।
हालसम्म कुनैपनि वाणिज्य बैंकको उपस्थिति नरहेको चन्द्रकोट गाउँपालिकाको प्रमुख केन्द्रको रुपमा रहेको शान्तीपुरमा प्रभु बैंक लिमिटेडले पहिलोपटक शाखाकार्यालय सञ्चालनमा ल्याएको जनाएको छ ।
तपाईको प्रतिक्रिया