logo

प्रभु बैंकको नाफा १ अर्ब ४ करोड रुपैयाँ पुग्यो

    993   पटक पढिएको

१० माघ /अर्थ र व्यापार - प्रभु बैंक चालु आर्थिक बर्षको ६ महिनामै विलेनियर क्लबमा उक्लिएको छ । बैंकले गत बर्षको भन्दा ७३.३२ प्रतिशतले नाफा बढाएर एक अर्ब ४ करोड रुपैयाँ पुर्याएको छ । गत बर्षको पुससम्ममा बैंकले ६० करोड ११ लाख रुपैयाँ नाफा गरेको थियो। गत बर्ष प्रोभिजनिङ बढेका कारण नाफा खुम्चिएको थियो । खराव कर्जा उठेसँगै बैंकको नाफा बढेको हो । गत बर्ष खराव कर्जा ४.१२ प्रतिशत रहेकोमा १.६५ प्रतिशत विन्दुले सुधार भएको छ ।

बैंकको ब्याज आम्दानी ३६ प्रतिशतले सुधार हुँदा खर्च भने १७ प्रतिशतले मात्रै बढेको हुँदा खुद ब्याज आम्दानीमा उल्लेख्य सुधार गरेको छ । बैंकले खुद व्याज आम्दानी ७६ प्रतिशतले बढाउँदै दुई अर्ब २२ करोड रुपैयाँ आर्जन गरेको छ ।

बैंकले पुससम्ममा एक खर्ब ४ अर्ब रुपैयाँ संकलन गरि ८८ अर्ब १५ करोड रुपैयाँ ऋण लगानी गरेको छ । गत बर्षको यहि अवधिमा ८६ अर्ब १४ करोड रुपैयाँ निक्षेप संकलन गरि ७१ अर्ब ७७ करोड रुपैयाँ ऋण लगानी गरेको छ । राष्ट्र बैंकको निर्देशन अनुसार बैंकले यस वर्ष ४० प्रतिशतले पूँजी बृद्धि गर्दै ८ अर्ब २३ करोड रुपैयाँ पुर्याएको छ भने हकप्रद लिलामको प्रिमियम सहित जगेडा कोषमा ५ अर्ब ६० करोड रुपैयाँ जम्मा गरेको छ ।   

आधार ब्याज दर थोरै विन्दुले घटाएर ९.३७ प्रतिशत कायम भएको छ । पूँजी बृद्धिसँगै नाफामा उल्लेख्य सुधार गर्दा प्रति शेयर आम्दानी ५ रुपैयाँले बढाएर २५ रुपैयाँ पुर्याएको छ ।
 

तपाईको प्रतिक्रिया

सम्बन्धित शीर्षकहरु

मुख्य खबर

नेपालमा जस्तो अवसर र सम्भावना कतै देख्दिन : अध्यक्ष ढकाल

नेपाल उद्योग वाणिज्य महासंघका अध्यक्ष चन्द्रप्रसाद ढकालले आँफूले नेपालमा जताततै सम्भावना र अवसरहरु मात्र देख्ने बताएका छन् । अमेरिकाको टेक्ससमा शनिबार आयोजित हिमालयन कन्क्लेभमा धारणा राख्दै उनले

पर्यटन व्यवसायी अंगाईले गरे पुनर्निर्माण कोषमा १ लाख सहयोग

युवा पर्यटन व्यवसायी तथा आर्यतारा होल्डिङसका अध्यक्ष नवराज अंगाईले सरकारले सुरु गरेको भौतिक पूर्वाधार पुनर्निर्माण कोषमा १ लाख रुपैयाँ सहयोग गरेका छन् । जेनजी आन्दोलनको क्रममा तोडफोड र आगजनी

शीतल निवासमा ४ मन्त्रीले लिए शपथ

अन्तरिम सरकारमा नियुक्त भएका थप ४ मन्त्रीले अहिले पद तथा गोपनीयताको शपथ लिएका छन् ।

निजी क्षेत्रको मनोबल कम हुन दिंदैनौं : नवनियुक्त अर्थमन्त्री खनाल

नवनियुक्त अर्थमन्त्री रामेश्वर खनालले निजी क्षेत्रको मनोबल कम हुन नदिने बताएका छन् । सोमबार अर्थ मन्त्रालयमा पदभार ग्रहण गर्दै खनालले यस्तो बताएका हुन् ।

मनोरञ्जन

रियालिटी शो ‘एक्टिङ स्टार’ कलाकार बन्ने र सिनेमा खेल्ने अवसर

रियालिटी शो ‘एक्टिङ स्टार’को केहि महिना अघि डिजिटल अडिसनको आव्हान गरिएको थियो । डिजिटल अडिसन मार्फत हालसम्म कलाकार बन्न चाहने ५०० भन्दा बढीले भिडियो खिचेर पठाएको कार्यक्रम निर्माण कम्पनी महक मिडिया नेटवर्कले जानकारी गराएको छ ।

नयाँ रियालिटी शो ‘एक्टिङ स्टार’को डिजिटल अडिसन खुल्ला

अभिनयमा रुची राख्नेहरुका लागि नयाँ रियालिटी शो ‘एक्टिङ स्टार’को घोषणा भएको छ । आगामी १ भदौ देखि एक महिनासम्मको लागि डिजिटल अडिसन खुल्ला गरिएको छ ।

१० करोड रुपैयाँ लगानीको दीपक र दीपाको सिनेमा हल संचालनमा

कलाकारहरु दीपकराज गिरी, दीपाश्री निरौला र निर्मल शर्माको लगानी रहेको मल्टिलप्लेक्स हल शुक्रबारबाट संचालनमा आएको छ ।