logo

प्रभु बैंकद्वारा प्रस्तावित लाभांश संसोधन

    985   पटक पढिएको

२० माघ /अर्थ र व्यापार  - प्रभु बैंकको सञ्चालक समिति बैठकले प्रस्ताव गरेको लाभांश संसोधन गरेको छ । राष्ट्र बैंकबाट नियमनकारी कोषमा १७ करोड ४ लाख ६० हजार रुपैयाँ थप गरी सञ्चित बाँकी मुनाफाबाट मात्र लाभांश वितरण गर्न निर्देशन दिएपश्चात लाभांश संसोधन गर्नुपरेको बैंकले जनाएको छ ।

बैंक सञ्चालक समितिको माघ १७ गते बसेको सञ्चालक समितिको १३८ औं बैठकले राष्ट्र बैंकको निर्देशन बमोजिम नियमनकारी कोषमा रकम छुट्याएर बाँकी मुनाफाबाट ८ प्रतिशत बोनस र बोनसमा लाग्ने कर प्रयोजनका लागि नगद लाभांश प्रस्ताव गरि राष्ट्र बैंकमा स्वीकृतिका लागि पेश गर्ने निर्णय गरेको हो ।

यसअनुसार बैंकले ८ अर्ब २३ करोड ३९ लाख ५९ हजार रुपैयाँको ८ प्रतिशत अर्थात ६५ करोड ८७ लाख १५ हजार ८८२ रुपैयाँ बोनस र बोनसमा लाग्ने कर प्रयोजनका लागि ३ करोड ४६ लाख ६९ हजार २५७ रुपैयाँ नगद लाभांश वितरण गर्ने प्रस्ताव गरेको हो । संसोधित लाभांश राष्ट्र बैंकबाट स्वीकृत भई बैंकको आगामी वार्षिक साधारण सभाबाट अनुमोदन भएपश्चात मात्र शेयरधनीलाई वितरण हुनेछ ।

प्रभुको बोनस पश्चात ८ अर्ब ८९ करोड २६ लाख ७४ हजार रुपैयाँ चुक्ता पूँजी पुग्नेछ । यसअघि बैंकको पुस २२ गते सम्पन्न सञ्चालक समितिको १३५ औं बैठकले ५ प्रतिशत बोनस शेयर र कर सहित ५.२३६ प्रतिशत नगद लाभांश प्रस्ताव गरि स्वीकृतीका लागि राष्ट्र बैंक पठाएको थियो । राष्ट्र बैंकले अस्वीकृत गरेपछि बैंकले बोनसदर परिमार्जन गरेको हो ।
 

तपाईको प्रतिक्रिया

सम्बन्धित शीर्षकहरु

मुख्य खबर

नेपालमा जस्तो अवसर र सम्भावना कतै देख्दिन : अध्यक्ष ढकाल

नेपाल उद्योग वाणिज्य महासंघका अध्यक्ष चन्द्रप्रसाद ढकालले आँफूले नेपालमा जताततै सम्भावना र अवसरहरु मात्र देख्ने बताएका छन् । अमेरिकाको टेक्ससमा शनिबार आयोजित हिमालयन कन्क्लेभमा धारणा राख्दै उनले

पर्यटन व्यवसायी अंगाईले गरे पुनर्निर्माण कोषमा १ लाख सहयोग

युवा पर्यटन व्यवसायी तथा आर्यतारा होल्डिङसका अध्यक्ष नवराज अंगाईले सरकारले सुरु गरेको भौतिक पूर्वाधार पुनर्निर्माण कोषमा १ लाख रुपैयाँ सहयोग गरेका छन् । जेनजी आन्दोलनको क्रममा तोडफोड र आगजनी

शीतल निवासमा ४ मन्त्रीले लिए शपथ

अन्तरिम सरकारमा नियुक्त भएका थप ४ मन्त्रीले अहिले पद तथा गोपनीयताको शपथ लिएका छन् ।

निजी क्षेत्रको मनोबल कम हुन दिंदैनौं : नवनियुक्त अर्थमन्त्री खनाल

नवनियुक्त अर्थमन्त्री रामेश्वर खनालले निजी क्षेत्रको मनोबल कम हुन नदिने बताएका छन् । सोमबार अर्थ मन्त्रालयमा पदभार ग्रहण गर्दै खनालले यस्तो बताएका हुन् ।

मनोरञ्जन

रियालिटी शो ‘एक्टिङ स्टार’ कलाकार बन्ने र सिनेमा खेल्ने अवसर

रियालिटी शो ‘एक्टिङ स्टार’को केहि महिना अघि डिजिटल अडिसनको आव्हान गरिएको थियो । डिजिटल अडिसन मार्फत हालसम्म कलाकार बन्न चाहने ५०० भन्दा बढीले भिडियो खिचेर पठाएको कार्यक्रम निर्माण कम्पनी महक मिडिया नेटवर्कले जानकारी गराएको छ ।

नयाँ रियालिटी शो ‘एक्टिङ स्टार’को डिजिटल अडिसन खुल्ला

अभिनयमा रुची राख्नेहरुका लागि नयाँ रियालिटी शो ‘एक्टिङ स्टार’को घोषणा भएको छ । आगामी १ भदौ देखि एक महिनासम्मको लागि डिजिटल अडिसन खुल्ला गरिएको छ ।

१० करोड रुपैयाँ लगानीको दीपक र दीपाको सिनेमा हल संचालनमा

कलाकारहरु दीपकराज गिरी, दीपाश्री निरौला र निर्मल शर्माको लगानी रहेको मल्टिलप्लेक्स हल शुक्रबारबाट संचालनमा आएको छ ।