logo

प्रभु बैंकद्वारा साँखुमा नयाँ शाखा बिस्तार

    872   पटक पढिएको

९ बैशाख /अर्थ र व्यापार - प्रभु बैंकले काठमाण्डौकोे शंखरापुर नगरपालिकास्थित साँखुमा नयाँ शाखा कार्यालय स्थापना गरी कारोवार शुरु गरेको छ । उक्त शाखाको शंखरापुर नगरपालिकाका मेयर सुवर्ण श्रेष्ठले उद्घाटन गरेका हुन । बैंकको साँखु शाखा कार्यालय उद्घाटन कार्यक्रमको अवसरमा विभिन्न सरकारी कार्यालयका प्रतिनिधिहरु, विभिन्न राजनैितक दलका प्रतिनिधीहरु,उद्योग वाणिज्य संंघका पदाधिकारीहरु, विभिन्न संघ संस्थाका प्रतिनिधिहरु,स्थानीय व्यापारी, बुद्धिजिवी लगायत सर्वसाधारणहरुको उपस्थिति रहेको थियो ।

कार्यक्रममा प्रभु बैकका प्रमुख कार्यकारी अधिकृत अशोक शेरचनले बैकले कृषि, उद्योग र पर्यटन क्षेत्रमा लगानी बढाउने उद्देश्यका साथ बिभिन्न सहुलियत पुर्ण कर्जाहरु प्रदान गर्दै आइरहेको हुदा कृषि,उद्योग र पर्यटनको प्रचुर संभावना बोकेको साँखु क्षेत्रका स्थानिय बासिन्दाहरुलाई यस बैकबाट प्रदान गरीने बिभिन्न कर्जा सुविधा लगायतका अन्य अत्याधुनिक सेवाहरु उपभोग गरी लाभ लिन आग्रह गरे ।

प्रभु बैंकको साँखु शाखा कार्यालयबाट त्यहाँका स्थानीयतहका सेवाग्राही, सर्वसाधारणहरु, विभिन्न किसिमका फर्म, कम्पनी तथा संघ संस्थाहरुले प्रभु बैंकको गुणस्तरीय एवं अत्याधुनिक प्रविधियुक्त सेवा उपभोग गरी लाभान्वित हुनेमा बैंकले विश्वास लिएको छ ।

तपाईको प्रतिक्रिया

सम्बन्धित शीर्षकहरु

मुख्य खबर

निगमले सिनामंगलस्थित हवाइ इन्धन डिपो गुहेश्वरीमा स्थानान्तरण गर्ने

नेपाल आयल निगमले त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थल परिसर सिनामंगलबाट करिब ५० वर्ष पुरानो हवाई इन्धन डिपो स्थानान्तरण गर्ने भएको छ । त्यहाँबाट सारिएको सो डिपो काठमाडौको गुहेश्वरीतर्फ निर्माण हुने छ ।

विकास र लगानीलाई रोक्नु समृद्धि र प्रगतिलाई अवरुद्ध गर्नु हो : अध्यक्ष ढकाल

नेपाल उद्योग वाणिज्य महासंघका अध्यक्ष चन्द्रप्रसाद ढकालले विकास र लगानीलाई रोकेर मुलुकको आर्थिक समृद्धि र प्रगतिलाई अवरुद्ध पार्दा हाम्रो पुस्ता मात्र नभएर भावि पुस्तालाई समेत गरिबी र अभावको दुस्चक्रमा पार्ने बताएका छन्

अब श्रम स्वीकृति लिएका नेपालीलाई भारतको बाटो हुँदै जाँदा एनओसी नचाँहिने

वैधानिक रुपमा श्रम स्वीकृति भएका नेपाली नागरिकहरूलाई भारतको विमानस्थल हुँदै श्रम गन्तव्य मुलुक जानका लागि अब नो अब्जेक्सन सर्टिफिकेट (एनओसी) नचाँहिने व्यवस्था लागु गरिएको छ ।

एनआरएनए ग्लोबल कन्केभ र वार्षिक साधरणसभा , एनआरएनएमा कुनै राजनीतिक हस्तक्षेप हुँदैन: प्रधानमन्त्री

रुपान्तरण र एकताः श्रम, लगानी र नागरिकताको निरन्तरता भन्ने मुख्य विषयमा केन्द्रित रही काठमाडौंमा एनआरएनए ग्लोबल कन्केभ तथा वार्षिक साधरणसभा शुरु भएको छ ।

मनोरञ्जन

नयाँ रियालिटी शो ‘एक्टिङ स्टार’को डिजिटल अडिसन खुल्ला

अभिनयमा रुची राख्नेहरुका लागि नयाँ रियालिटी शो ‘एक्टिङ स्टार’को घोषणा भएको छ । आगामी १ भदौ देखि एक महिनासम्मको लागि डिजिटल अडिसन खुल्ला गरिएको छ ।

१० करोड रुपैयाँ लगानीको दीपक र दीपाको सिनेमा हल संचालनमा

कलाकारहरु दीपकराज गिरी, दीपाश्री निरौला र निर्मल शर्माको लगानी रहेको मल्टिलप्लेक्स हल शुक्रबारबाट संचालनमा आएको छ ।

पाण्डेको ‘सहायक श्रीमान’लाई अमेरिकामा उत्कृष्ट अन्तर्राष्ट्रिय डकुमेन्ट्री अवार्ड

नेपालका कतिपय हिमाली क्षेत्रमा विद्यमान बहुपति प्रथाका बारेमा निर्मित वृत्तचित्र ‘सहायक श्रीमान’ (को–हजबेन्ड)ले आठौं कब इन्टरनेसनल फिल्म फेस्टिवलमा उत्कृष्ट उपाधि जितेको छ ।