९ साउन / अर्थ र व्यापार – काठमाण्डौको गुर्जुधारामा प्रभु बैंकले नयाँ शाखा सञ्चालनमा ल्याएको छ । नयाँ शाखाको व्यवस्थापिका संसद सदस्य राजेन्द« कुमार के.सी. ले उद्घाटन गरेका छन् । बैंकले उपत्यका भित्रका बैंकिङ्गको पहुँच नपुगेको स्थानमा शाखा खोल्ने क्रममा उक्त स्थानमा सम्पूर्ण बैंकिङ्ग सुविधा सहितको अत्याधुनिक शाखा स्थापना गरेको छ ।
उक्त शाखा मार्फत काठमाण्डौ क्षेत्र नं. १० का उद्योगी, व्यवसायी, शैक्षिक संस्था, स्वास्थ्य संस्था,लगायत सर्वसाधारणहरुले बचत,कर्जा संगै अन्य बैंकिङ्ग सुविधाहरु सरल र सहजरुपमा प्राप्त गर्नेछ ।
तपाईको प्रतिक्रिया