logo

पहिलो त्रैमासमा प्रभु बैंकको नाफा ३५.२५ प्रतिशतले बढ्यो, कमाए ८५ करोड रुपैयाँ

    1546   पटक पढिएको


२७ कात्तिक/अर्थ र व्यापार– प्रभु बैंक लिमिटेडले चालु आर्थिक वर्षको पहिलो त्रैमासमा ८५ करोड रुपैयाँ नाफा कमाएको छ । 

बैंकले सार्वजनिक गरेको चालु आवको पहिलो त्रैमासको अपरिष्कृत वित्तीय विवरण अनुसार बैंकको नाफा गत आवको यसै अवधिको तुलनामा ३५.२५ प्रतिशतले बढेको हो ।

खुद ब्याज आम्दानी र संचालन नाफा दुवै बढ्नुका साथै खराब कर्जा समेत घटेकाले बैंकको नाफामा बृद्धी भएको हो । 

अघिल्लो आवको पहिलो त्रैमासमा बैंकले ६२ करोड ८४ लाख नाफा आर्जन गरेको थियो । बैंकको खुद ब्याज आम्दानी गत आवको पहिलो त्रैमासको तुलनामा २०.४१ प्रतिशत बढेर चालु आवको पहिलो त्रैमासमा एक अर्ब ६९ करोड रुपैयाँ पुगेको छ ।

साथै, संचालन नाफा पनि समीक्षा अवधिमा ४०.४९ प्रतिशत बढेर एक करोड २५ लाखमाथि पुगेको छ । यस अवधिमा बैंकले खराब कर्जा (एनपीएल) ०.६५ प्रतिशतले घटेको छ । पोहोर ३.३२ प्रतिशत रहेको खराब कर्जा यस पछिल्लो त्रैमासमा २.६७ प्रतिशतमा ओर्लिएको छ । यसमा वितरणयोग्य नाफा १७ करोड ५६ लाख रुपैयाँ रहेको सार्वजनिक विवरणले देखाएको छ ।  

गत असोज मसान्तसम्ममा बैंकको निक्षेप एक खर्ब ३३ अर्ब नाघेको छ । यो गत आवको समान अवधिको भन्दा ३.५४ प्रतिशतले बढेको हो । यस्तै, प्रभुले यस अवधिमा कर्जा प्रवाह १६.७५ प्रतिशतले बढाएर एक खर्ब १६ अर्ब पु¥याएको छ । 

हाल बैंकको चुक्ता पुँजी १० अर्ब ३१ करोड रुपैयाँ छ भने जगेडा कोषमा ४ अर्ब ३० करोड र अवितरित आय (रिटेन्ड अर्निङ) एक अर्ब ४० करोड रुपैयाँ सञ्चित छ । 

बैंकको प्रतिसेयर आम्दानी ३२.९६ रुपैयाँ छ भने प्रतिसेयर नेटवर्थ १५५.३० रुपैयाँ छ । हाल यसको आम्दानीको तुलनामा मूल्य (मूल्य आम्दानी अनुपात) ७.२२ गुणा रहेको छ ।


 

तपाईको प्रतिक्रिया

सम्बन्धित शीर्षकहरु

मुख्य खबर

नेपालमा जस्तो अवसर र सम्भावना कतै देख्दिन : अध्यक्ष ढकाल

नेपाल उद्योग वाणिज्य महासंघका अध्यक्ष चन्द्रप्रसाद ढकालले आँफूले नेपालमा जताततै सम्भावना र अवसरहरु मात्र देख्ने बताएका छन् । अमेरिकाको टेक्ससमा शनिबार आयोजित हिमालयन कन्क्लेभमा धारणा राख्दै उनले

पर्यटन व्यवसायी अंगाईले गरे पुनर्निर्माण कोषमा १ लाख सहयोग

युवा पर्यटन व्यवसायी तथा आर्यतारा होल्डिङसका अध्यक्ष नवराज अंगाईले सरकारले सुरु गरेको भौतिक पूर्वाधार पुनर्निर्माण कोषमा १ लाख रुपैयाँ सहयोग गरेका छन् । जेनजी आन्दोलनको क्रममा तोडफोड र आगजनी

शीतल निवासमा ४ मन्त्रीले लिए शपथ

अन्तरिम सरकारमा नियुक्त भएका थप ४ मन्त्रीले अहिले पद तथा गोपनीयताको शपथ लिएका छन् ।

निजी क्षेत्रको मनोबल कम हुन दिंदैनौं : नवनियुक्त अर्थमन्त्री खनाल

नवनियुक्त अर्थमन्त्री रामेश्वर खनालले निजी क्षेत्रको मनोबल कम हुन नदिने बताएका छन् । सोमबार अर्थ मन्त्रालयमा पदभार ग्रहण गर्दै खनालले यस्तो बताएका हुन् ।

मनोरञ्जन

रियालिटी शो ‘एक्टिङ स्टार’ कलाकार बन्ने र सिनेमा खेल्ने अवसर

रियालिटी शो ‘एक्टिङ स्टार’को केहि महिना अघि डिजिटल अडिसनको आव्हान गरिएको थियो । डिजिटल अडिसन मार्फत हालसम्म कलाकार बन्न चाहने ५०० भन्दा बढीले भिडियो खिचेर पठाएको कार्यक्रम निर्माण कम्पनी महक मिडिया नेटवर्कले जानकारी गराएको छ ।

नयाँ रियालिटी शो ‘एक्टिङ स्टार’को डिजिटल अडिसन खुल्ला

अभिनयमा रुची राख्नेहरुका लागि नयाँ रियालिटी शो ‘एक्टिङ स्टार’को घोषणा भएको छ । आगामी १ भदौ देखि एक महिनासम्मको लागि डिजिटल अडिसन खुल्ला गरिएको छ ।

१० करोड रुपैयाँ लगानीको दीपक र दीपाको सिनेमा हल संचालनमा

कलाकारहरु दीपकराज गिरी, दीपाश्री निरौला र निर्मल शर्माको लगानी रहेको मल्टिलप्लेक्स हल शुक्रबारबाट संचालनमा आएको छ ।