१ पुस/अर्थ र व्यापार– कागवेनीमा प्रभु बैंकको शाखा कार्यालय सञ्चालनमा आएको छ ।
वारागुङ मुक्तिक्षेत्र गाँउपालिकाका अध्यक्ष फेन्चोक छेप्तेन गुरुङले बैंकको शाखा कार्यालयको उद्घाटन गरेको हो ।
अध्यक्ष गुरूङले बैंकिङ्ग पहुँच नपुगेको ठाउँहरुमा प्रभु बैंकले शाखा कार्यालय सञ्चालनमा ल्याएर सर्वसाधारणको घर आँगनसम्म सरल र सहजरुपमा बैंकिङ्ग सेवाविस्तार गरी प्रशंसनीय कार्य गरेको बताए ।
शाखा कार्यालय सञ्चालनमा आएसंगै कागवेनीका स्थानीय बासिन्दा, सर्वसाधारणहरु, व्यवसायिकफर्म, कम्पनी तथा संघ संस्थाहरुले प्रभु बैंकको गुणस्तरीय सेवाउपभोग गरी लाभान्वित हुने बैंकको विश्वास छ ।
तपाईको प्रतिक्रिया