logo

प्रभु बैंकद्वारा निकट भविष्यमा २८ नयाँ शाखा विस्तार गर्ने तयारी

    1277   पटक पढिएको

२१ फागुन/ अर्थ र व्यापार - प्रभु बैंकको १७ औं वार्षिक साधारण सभाले बैंकको संस्थापक साधारण शेयर संरचना परिवर्तन गर्दै गत आर्थिक वर्षको नाफाबाट प्रस्तावित लाभांश अनुमोदन गरेको छ । यस्तै सभाले मर्जर र प्राप्ती सम्बन्धी प्रक्रिया अगाडि बढाउन सञ्चालक समितिलाई अख्तियारी समेत प्रदान गरेको छ । बैंकको साधारण सभाले संस्थापक समूहतर्फ ५५ प्रतिशत र सर्वसाधारण समूहतर्पm ४५ प्रतिशत कायम हुने गरी शेयर संरचना परिवर्तन गरेको छ । यसअघि बैंकमा६१.३१ प्रतिशत संस्थापक तथा ३८.६९ प्रतिशत सर्वसाधारण समूहको शेयर संरचना कायम थियो। यसका लागि बैंकको जारी तथा चुक्ता पूँजीको संरचना परिवर्तन गर्ने निर्णय गरी सोही बमोजिम बैंकको प्रबन्ध पत्र तथा नियमावलीमा आवश्यक संशोधन गर्ने निर्णय गरेको छ ।

बैंकको सञ्चालक समितिका अध्यक्ष देवी प्रकाश भट्टचनको अध्यक्षतामा बबरमहलस्थित बैंकको प्रधान कार्यालयमा सम्पन्न साधारण सभाबाट सञ्चालक समितिले प्रस्ताव गरेको आ.व. २०७४र७५ को मुनाफाबाट चुक्ता पूँजीको ८ प्रतिशत बोनश शेयर (६५ करोड ८७ लाख १५ हजार ८८२ रुपैयाँ बोनस र बोनसमा लाग्ने कर प्रयोजनका लागि ३ करोड ४६ लाख ६९ हजार २५७ रुपैयाँ नगद लाभांश) वितरण गर्ने निर्णय गरेको छ ।

हाल ८ अर्ब २३ करोड ३९ लाख ५९ हजार रुपैयाँ चुत्तापूँजी भएको बैंकको बोनस पश्चात ८ अर्ब ८९ करोड २६ लाख ७८ हजार ९०० रुपैयाँ चुक्ता पूँजी पुगेको छ । देशका विभिन्न स्थानमा शाखा रहित बैंकिङ्ग सेवा, १० वटा एक्स्टेन्सन काउण्टर कार्यालय, १३२ वटा एटिएम मेशिन तथा १६५ शाखा कार्यालय सहित देशभर फैलिएको ठूलो बैंकिङ्ग सञ्जालको माध्यमबाट १२ लाख भन्दा बढि ग्राहकहरुलाई प्रत्यक्ष गुणस्तरीय बैंकिङ्ग सेवा प्रवाह गरिरहेको छ ।

साथै, बैंकले निकट भविष्यमा देशका विभिन्न २८ स्थानमा नयाँ शाखा कार्यालयहरु खोली सेवा विस्तार गर्ने तयारी गरिरहेको छ ।

 


 

तपाईको प्रतिक्रिया

सम्बन्धित शीर्षकहरु

मुख्य खबर

नेपालमा जस्तो अवसर र सम्भावना कतै देख्दिन : अध्यक्ष ढकाल

नेपाल उद्योग वाणिज्य महासंघका अध्यक्ष चन्द्रप्रसाद ढकालले आँफूले नेपालमा जताततै सम्भावना र अवसरहरु मात्र देख्ने बताएका छन् । अमेरिकाको टेक्ससमा शनिबार आयोजित हिमालयन कन्क्लेभमा धारणा राख्दै उनले

पर्यटन व्यवसायी अंगाईले गरे पुनर्निर्माण कोषमा १ लाख सहयोग

युवा पर्यटन व्यवसायी तथा आर्यतारा होल्डिङसका अध्यक्ष नवराज अंगाईले सरकारले सुरु गरेको भौतिक पूर्वाधार पुनर्निर्माण कोषमा १ लाख रुपैयाँ सहयोग गरेका छन् । जेनजी आन्दोलनको क्रममा तोडफोड र आगजनी

शीतल निवासमा ४ मन्त्रीले लिए शपथ

अन्तरिम सरकारमा नियुक्त भएका थप ४ मन्त्रीले अहिले पद तथा गोपनीयताको शपथ लिएका छन् ।

निजी क्षेत्रको मनोबल कम हुन दिंदैनौं : नवनियुक्त अर्थमन्त्री खनाल

नवनियुक्त अर्थमन्त्री रामेश्वर खनालले निजी क्षेत्रको मनोबल कम हुन नदिने बताएका छन् । सोमबार अर्थ मन्त्रालयमा पदभार ग्रहण गर्दै खनालले यस्तो बताएका हुन् ।

मनोरञ्जन

रियालिटी शो ‘एक्टिङ स्टार’ कलाकार बन्ने र सिनेमा खेल्ने अवसर

रियालिटी शो ‘एक्टिङ स्टार’को केहि महिना अघि डिजिटल अडिसनको आव्हान गरिएको थियो । डिजिटल अडिसन मार्फत हालसम्म कलाकार बन्न चाहने ५०० भन्दा बढीले भिडियो खिचेर पठाएको कार्यक्रम निर्माण कम्पनी महक मिडिया नेटवर्कले जानकारी गराएको छ ।

नयाँ रियालिटी शो ‘एक्टिङ स्टार’को डिजिटल अडिसन खुल्ला

अभिनयमा रुची राख्नेहरुका लागि नयाँ रियालिटी शो ‘एक्टिङ स्टार’को घोषणा भएको छ । आगामी १ भदौ देखि एक महिनासम्मको लागि डिजिटल अडिसन खुल्ला गरिएको छ ।

१० करोड रुपैयाँ लगानीको दीपक र दीपाको सिनेमा हल संचालनमा

कलाकारहरु दीपकराज गिरी, दीपाश्री निरौला र निर्मल शर्माको लगानी रहेको मल्टिलप्लेक्स हल शुक्रबारबाट संचालनमा आएको छ ।