logo

प्रभु बैंकको साधारणसभा मंसिर १६ मा हुने

    1137   पटक पढिएको

१७ कात्र्तिक/ अर्थ र व्यापार- प्रभु बैंकले आगामी मंसिर १६ गते १८ औं वार्षिक साधारणसभा डाकेको छ । बैंकको सञ्चालक समितिले यस अगाडि घोषणा गरेको १६ प्रतिशत बोनस शेयरको विशेष प्रस्ताव साधारणसभामा पेश गर्ने जनाएको छ । बैंकले एक अर्ब ४२ करोड रुपैयाँ बोनस शेयर दिएपछि चुक्ता पूँजी १० अर्ब ३१ करोड रुपैयाँ कायम हुने छ ।

संस्थापक शेयरधनीको हिस्सा घटाउने विशेष प्रस्ताव साधारणसभामा पेश गरिने भएको छ। बैंकको यस अगाडि संस्थापक शेयर ५५ प्रतिशत र सर्वसाधारण शेयर ४५ प्रतिशत छ । यस्तो अनुपात परिवर्तन गर्दै संस्थापकहरुको ५१ प्रतिशतमा झार्ने र सर्वसाधारणको ४९ प्रतिशत पु¥याउने बताइएको छ ।

साधारणसभामा बैंकको चल अचल सम्पत्ति तथा दायित्व ‘डिडिए’ को मूल्याङन गर्ने अख्तियारी सञ्चालक समितिलाई दिने विशेष प्रस्ताव पनि अगाडि सारिएको छ । डिडिएसँगै अन्य उपयुक्त बैंक तथा वित्तीय संस्थालाई गाभ्ने गाभिने प्रक्रिया अगाडि बढाउन पनि सञ्चालक समितिलाई अधिकार प्रदान गर्ने बैंकले जनाएको छ ।
 

तपाईको प्रतिक्रिया

सम्बन्धित शीर्षकहरु

मुख्य खबर

नेपालमा जस्तो अवसर र सम्भावना कतै देख्दिन : अध्यक्ष ढकाल

नेपाल उद्योग वाणिज्य महासंघका अध्यक्ष चन्द्रप्रसाद ढकालले आँफूले नेपालमा जताततै सम्भावना र अवसरहरु मात्र देख्ने बताएका छन् । अमेरिकाको टेक्ससमा शनिबार आयोजित हिमालयन कन्क्लेभमा धारणा राख्दै उनले

पर्यटन व्यवसायी अंगाईले गरे पुनर्निर्माण कोषमा १ लाख सहयोग

युवा पर्यटन व्यवसायी तथा आर्यतारा होल्डिङसका अध्यक्ष नवराज अंगाईले सरकारले सुरु गरेको भौतिक पूर्वाधार पुनर्निर्माण कोषमा १ लाख रुपैयाँ सहयोग गरेका छन् । जेनजी आन्दोलनको क्रममा तोडफोड र आगजनी

शीतल निवासमा ४ मन्त्रीले लिए शपथ

अन्तरिम सरकारमा नियुक्त भएका थप ४ मन्त्रीले अहिले पद तथा गोपनीयताको शपथ लिएका छन् ।

निजी क्षेत्रको मनोबल कम हुन दिंदैनौं : नवनियुक्त अर्थमन्त्री खनाल

नवनियुक्त अर्थमन्त्री रामेश्वर खनालले निजी क्षेत्रको मनोबल कम हुन नदिने बताएका छन् । सोमबार अर्थ मन्त्रालयमा पदभार ग्रहण गर्दै खनालले यस्तो बताएका हुन् ।

मनोरञ्जन

रियालिटी शो ‘एक्टिङ स्टार’ कलाकार बन्ने र सिनेमा खेल्ने अवसर

रियालिटी शो ‘एक्टिङ स्टार’को केहि महिना अघि डिजिटल अडिसनको आव्हान गरिएको थियो । डिजिटल अडिसन मार्फत हालसम्म कलाकार बन्न चाहने ५०० भन्दा बढीले भिडियो खिचेर पठाएको कार्यक्रम निर्माण कम्पनी महक मिडिया नेटवर्कले जानकारी गराएको छ ।

नयाँ रियालिटी शो ‘एक्टिङ स्टार’को डिजिटल अडिसन खुल्ला

अभिनयमा रुची राख्नेहरुका लागि नयाँ रियालिटी शो ‘एक्टिङ स्टार’को घोषणा भएको छ । आगामी १ भदौ देखि एक महिनासम्मको लागि डिजिटल अडिसन खुल्ला गरिएको छ ।

१० करोड रुपैयाँ लगानीको दीपक र दीपाको सिनेमा हल संचालनमा

कलाकारहरु दीपकराज गिरी, दीपाश्री निरौला र निर्मल शर्माको लगानी रहेको मल्टिलप्लेक्स हल शुक्रबारबाट संचालनमा आएको छ ।