२९ भदौ / अर्थ र व्यापार – ग्लोबल आइएमई बैंकको कामु प्रमुख कार्यकारी अधिकृतको रुपमा जनक शर्मा पौडेल नियुक्त भएका छन् । अनिल ज्ञवालीले राजीनामा दिएपछि पौडेलले कामु कार्यकारी अधिकृतको रुपमा जिम्मेवारी सम्हालेकोे छ ।
बैंकले ज्ञवालीको राजीनामा स्वीकृत गर्दै उनको जिम्मेवारी पौडेललाई दिइएको उल्लेख गरेको छ । नविल बैंकबाट आफ्नो करियर सुरु गरेका पौडेलले बैंकिङ क्षेत्रमा ३० वर्षको अनुभव संगालेका छन् । यसैबीच बैंकले लगानीकर्तालाई गत आवको नाफाबाट १० प्रतिशत नगद र १० प्रतिशत बोनस सेयर दिने निर्णय पनि गरेको छ ।
तपाईको प्रतिक्रिया