१३ मंसिर / अर्थ र व्यापार - पोखरा फाइनान्सले गत आर्थिक वर्ष २०७५र७६ को मुनाफाबाट १४.२० प्रतिशत लाभांश प्रस्ताव गरेको छ। फाइनान्सको मंसिर १३ गते बिहीबार बिहान बसेको संचालक समितिको ४७१ औं बैठकले लाभांश प्रस्ताव गरेको हो। अघिल्लो आर्थिक वर्ष २०७४र०७५ मा फाइनान्सले ५ प्रतिशत बोनस शेयर र ८.६८ प्रतिशत नगद गरि कूल १३.६८ प्रतिशत लाभांश वितरण गरेको थियो।
फाइनान्सले गत आर्थिक वर्ष २०७५र७६ को मुनाफाबाट हाल कायम चुक्ता पूँजी ८५ करोड ७२ लाख रुपैयाँको ७ प्रतिशत अर्थात ६ करोड रुपैयाँ बराबरको बोनस र ७.२० प्रतिशत अर्थात ६ करोड १७ लाख रुपैयाँ बराबरको नगद लाभांश प्रस्ताव गरेको हो।
फाइनान्सको उक्त लाभांश राष्ट्र बैंकबाट स्वीकृत भएर आगामी साधारण सभाबाट पारित भएपछि शेयरधनीलाई वितरण हुनेछ। बोनस वितरण पनि फाइनान्सको चुक्ता पूँजी ९१ करोड ७२ लाख २८ करोड रुपैयाँ पुग्नेछ ।
गत आवको चौथौं त्रैमाससम्ममा फाइनान्सले १० करोड ७२ लाख रुपैयाँ खुद नाफा कमाएको थियो।
तपाईको प्रतिक्रिया