logo

नविल बैंक र आईसीएफसी फाइनान्सलाई ऋणपत्र निष्काशन गर्न बोर्डको अनुमति

    1202   पटक पढिएको

८ माघ / अर्थ र व्यापार -  नबिल बैंक र आईसीएफसी फाइनान्सलाई ऋणपत्र निष्काशनको लागि नेपाल धितोपत्र बोडले अनुमति दिएको छ । कम्पनीहरुले ऋणपत्र निष्काशनको बोर्डल माघ ६ गते सोमबार अनुमति दिएको हो ।

नबिल बैंकले वार्षिक १० प्रतिशत ब्याजदरमा सात वर्ष अवधिको २ अर्ब रुपैयाँ बराबरको ऋणपत्र निष्काशन गर्न अनुमति पाएको हो । ऋणपत्र निष्काशन तथा विmत्री प्रबन्धकमा लक्ष्मी क्यापिटल मार्केट लिमिटेड रहेको छ । बैंकले प्रति कित्ता एक हजार रुपैयाँका अंकित दरका २० लाख युनिट ऋणपत्र बिक्री गर्नेछ ।

निष्काशित ऋणपत्रमध्ये ४० प्रतिशत अर्थात ८० करोड बराबरको ८ लाख युनिट सर्वसाधारणलाई र बाँकी ६० प्रतिशत एक अर्ब २० करोड बराबरको १२ लाख युनिट ठूला तथा संस्थागत लगानीकर्ताहरुलाई व्यक्तिगत तबरबाट बिक्री गरिने बैंकले जनाएको छ ।

त्यस्तै, आइसीएफसी फाइनान्सले वार्षिक १२ प्रतिशत व्याजदरमा प्रतिकित्ता एक हजार रुपैयाँ अंकित दरमा २० करोड रुपैयाँ बराबरको कूल २ लाख कित्ता ऋणपत्र निश्कासन गर्न अनुमति पाएको हो । ऋणपत्र निष्काशनका लागि फाइनान्सले ग्लोबल आइएमई क्यापिटललाई बिक्री प्रबन्धक तोकेको छ ।

फाइनान्सले निष्काशन गर्ने ऋणपत्रमा लगानीकर्ताले वार्षिक १२ प्रतिशत ब्याजदर सात वर्षसम्म निरन्तर पाउनेछन् । ब्याजको भुक्तानी अर्धवार्षिक रुपमा हुने फाइनान्सले जनाएको छ।
 

तपाईको प्रतिक्रिया

सम्बन्धित शीर्षकहरु

मुख्य खबर

महासंघको केन्द्रिय सदस्यमा सागर ढकालको उम्मेदवारी घोषणा

नेपाल उद्योग वाणिज्य महासंघको आसन्न निर्वाचनमा स्टक ब्रोकर एसोसिएसनका अध्यक्ष सागर ढकालले वस्तुगत तर्फबाट केन्द्रीय सदस्यमा उम्मेदवारी घोषणा गरेका छन् । अध्यक्ष ढकालले महासंघको वस्तुगत

भोली हुने निर्वाचनको सम्पूर्ण तयारी पूरा, निर्धक्क भएर मतदान गर्न आयोगको अपिल

निर्वाचन आयोगले भोली विहानैबाट सुरु हुने प्रतिनिधिसभा सदस्य निर्वाचनको सम्पूर्ण तयारी पूरा भएको जनाएको छ ।

निजी क्षेत्र अहिलेको जस्तो न्यून मनोबलको स्थितिमा पहिला कहिले पनि थिएन : अध्यक्ष ढकाल

नेपाल उद्योग वाणिज्य महासंघका अध्यक्ष चन्द्रप्रसाद ढकालले निजी क्षेत्रको संरक्षण र सुरक्षामा सरकारले काम गर्न नसकेको भन्दै असन्तुष्टि व्यक्त गरेका छन् । नेपाल उद्योग वाणिज्य महासंघले बुधबार आयोजना

सुरक्षाको प्रत्याभुति गर्न नपाएको निजी क्षेत्रको भनाई

निजी क्षेत्रका अगुवाहरुले सुरक्षाको प्रत्याभुति गर्न नपाएको गुनासो गरेका छन् । बैंक तथा वित्तीय संस्था परिसंघ नेपाल (सिबिफिन) को वार्षिक साधारणसभामा बोल्दै उनीहरुले जेनजी आन्दोलनबाट त्रसित निजी क्षेत्रलाई

मनोरञ्जन

रियालिटी शो ‘एक्टिङ स्टार’ कलाकार बन्ने र सिनेमा खेल्ने अवसर

रियालिटी शो ‘एक्टिङ स्टार’को केहि महिना अघि डिजिटल अडिसनको आव्हान गरिएको थियो । डिजिटल अडिसन मार्फत हालसम्म कलाकार बन्न चाहने ५०० भन्दा बढीले भिडियो खिचेर पठाएको कार्यक्रम निर्माण कम्पनी महक मिडिया नेटवर्कले जानकारी गराएको छ ।

नयाँ रियालिटी शो ‘एक्टिङ स्टार’को डिजिटल अडिसन खुल्ला

अभिनयमा रुची राख्नेहरुका लागि नयाँ रियालिटी शो ‘एक्टिङ स्टार’को घोषणा भएको छ । आगामी १ भदौ देखि एक महिनासम्मको लागि डिजिटल अडिसन खुल्ला गरिएको छ ।

१० करोड रुपैयाँ लगानीको दीपक र दीपाको सिनेमा हल संचालनमा

कलाकारहरु दीपकराज गिरी, दीपाश्री निरौला र निर्मल शर्माको लगानी रहेको मल्टिलप्लेक्स हल शुक्रबारबाट संचालनमा आएको छ ।