logo

कालीका माईक्रोक्रेडिट लघुवित्तको प्रतिसेयर आम्दानीमा गिरावट

    1074   पटक पढिएको

७ भदौ / अर्थ र व्यापार – अघिल्लो आर्थिक बर्षमा ६५ प्रतिशत बोनस वितरण गरेको कालीका माईक्रोक्रेडिट लघुवित्तको प्रतिसेयर आम्दानीमा भारी मात्रामा गिरावट आएको छ । अघिल्लो बर्ष ५२ रुपैयाँ ८२ पैसा प्रतिसेयर आम्दानी कायम गरेको कम्पनीको गत वर्षमा झण्डै २६ रुपैयाँले घटेर २७ रुपैयाँ ०२ पैसामा झरेको हो ।

कालीका माईक्रोक्रेडिटको पूँजी बढे अनुपातमा नाफा बढ्नपर्नेमा उल्टै घट्नु, अन्य सञ्चालन खर्चमा उच्च वृद्धि र कर्मचारी खर्च बढ्दै जानु नै कम्पनीको प्रगतिमा ब्रेक लगाउने मुख्य आधार बनेको छ । 

लघुवित्तको खुद नाफामा गत आर्थिक बर्ष १५.५७ प्रतिशतले गिरावट आएको छ । अघिल्लो आर्थिक बर्षमा दुई करोड ६४ लाख रुपैयाँ खुद नाफा कमाएको लघुवित्तको गत बर्षमा ४१ करोडले खुद नाफा घटेर दुई करोड २२ लाख रुपैयाँमा सिमित हुन पुगेको छ ।

पाँच करोड २७ लाख रुपैयाँ जगेडाकोषमा सञ्चित राखेको लघुवित्तको प्रतिसेयर नेटवर्थ १६३ रुपैयाँ ९२ पैसा रहेको छ । निष्कृय खराब कर्जा १.५२ प्रतिशतमा घटाएको कम्पनीको पूँजीकोष प्रयाप्तता २०.५४ प्रतिशत र मूल्य आम्दानी अनुपात ६८.३८ गुणा रहेको छ ।

समिक्षा अवधिमा कम्पनीले ३२ करोड १५ लाख रुपैयाँ निक्षेप संकलन तथा ७६ करोड ९० लाख रुपैयाँ कर्जा परिचालनबाट सात करोड १६ लाख रुपैयाँ खुद व्याज आम्दानी गर्न सफल भएको छ । लघुवित्तको सञ्चालन आम्दानी तीन करोड ७७ लाख रुपैयाँबाट घटेर तीन करोड चार लाख रुपैयाँमा झरेको हो । 

त्यस्तै अन्य सञ्चालन खर्च एक करोड ४० लाख रुपैयाँले बढेपछि कम्पनीको प्रगतिमा ब्रेक लागेको हो । कम्पनीले संभावित जोखिम बापत कोषको रकम दोब्बरले बढेर एक करोड एक लाख रुपैयाँ पुगेको छ । अघिल्लो आर्थिक बर्षमा ५७ लाख व्यवस्था गरेको थियो । कम्पनीले ४५ लाख ४७ हजार रुपैयाँ संभावित जोखिम कोषबाट फिर्ता गरेको छ । 
 

 

तपाईको प्रतिक्रिया

सम्बन्धित शीर्षकहरु

मुख्य खबर

नेपालमा जस्तो अवसर र सम्भावना कतै देख्दिन : अध्यक्ष ढकाल

नेपाल उद्योग वाणिज्य महासंघका अध्यक्ष चन्द्रप्रसाद ढकालले आँफूले नेपालमा जताततै सम्भावना र अवसरहरु मात्र देख्ने बताएका छन् । अमेरिकाको टेक्ससमा शनिबार आयोजित हिमालयन कन्क्लेभमा धारणा राख्दै उनले

पर्यटन व्यवसायी अंगाईले गरे पुनर्निर्माण कोषमा १ लाख सहयोग

युवा पर्यटन व्यवसायी तथा आर्यतारा होल्डिङसका अध्यक्ष नवराज अंगाईले सरकारले सुरु गरेको भौतिक पूर्वाधार पुनर्निर्माण कोषमा १ लाख रुपैयाँ सहयोग गरेका छन् । जेनजी आन्दोलनको क्रममा तोडफोड र आगजनी

शीतल निवासमा ४ मन्त्रीले लिए शपथ

अन्तरिम सरकारमा नियुक्त भएका थप ४ मन्त्रीले अहिले पद तथा गोपनीयताको शपथ लिएका छन् ।

निजी क्षेत्रको मनोबल कम हुन दिंदैनौं : नवनियुक्त अर्थमन्त्री खनाल

नवनियुक्त अर्थमन्त्री रामेश्वर खनालले निजी क्षेत्रको मनोबल कम हुन नदिने बताएका छन् । सोमबार अर्थ मन्त्रालयमा पदभार ग्रहण गर्दै खनालले यस्तो बताएका हुन् ।

मनोरञ्जन

रियालिटी शो ‘एक्टिङ स्टार’ कलाकार बन्ने र सिनेमा खेल्ने अवसर

रियालिटी शो ‘एक्टिङ स्टार’को केहि महिना अघि डिजिटल अडिसनको आव्हान गरिएको थियो । डिजिटल अडिसन मार्फत हालसम्म कलाकार बन्न चाहने ५०० भन्दा बढीले भिडियो खिचेर पठाएको कार्यक्रम निर्माण कम्पनी महक मिडिया नेटवर्कले जानकारी गराएको छ ।

नयाँ रियालिटी शो ‘एक्टिङ स्टार’को डिजिटल अडिसन खुल्ला

अभिनयमा रुची राख्नेहरुका लागि नयाँ रियालिटी शो ‘एक्टिङ स्टार’को घोषणा भएको छ । आगामी १ भदौ देखि एक महिनासम्मको लागि डिजिटल अडिसन खुल्ला गरिएको छ ।

१० करोड रुपैयाँ लगानीको दीपक र दीपाको सिनेमा हल संचालनमा

कलाकारहरु दीपकराज गिरी, दीपाश्री निरौला र निर्मल शर्माको लगानी रहेको मल्टिलप्लेक्स हल शुक्रबारबाट संचालनमा आएको छ ।