logo

तिनाउ विकास बैंकको प्रतिसेयर आम्दानी घट्यो

    1429   पटक पढिएको

६ साउन / अर्थ र व्यापार – राष्ट्र बैंकले तोकेको पूँजी पुर्याउने क्रममा हकप्रद निष्काशन गरेको तिनाउ विकास बैंकको प्रतिसेयर आम्दानी घटेको छ । अघिल्लो आर्थिक वर्षमा २३ रुपैंया ४८ पैसा रहेको प्रतिसेयर आम्दानी गत आर्थिक वर्षमा २१ रुपैंयामा खुम्चिएको छ ।

अघिल्लो आर्थिक वर्षमा झण्डै दोब्बरले खुद नाफा बढाएको भए पनि यस पटक सामान्य बढोत्तरी हुँदा बैंकको प्रतिसेयर आम्दानीमा संकुचन आएको हो । समिक्षा अवधिमा बैंकको खुद नाफा आठ करोड एक लाख ६० हजार रुपैंयाबाट बढेर नौ करोड ६७ लाख २० हजार रुपैंया पुगेको छ ।

समिक्षा अवधिमा बैंकले चुक्ता पूँजी २४ करोड १३ लाख ७० हजारबाट ४६ करोड आठ लाख ४९ हजार रुपैंया पुर्याएको छ । बैंकले अघिल्लो आर्थिक वर्षको २५ प्रतिशत बोनस विवरण पश्चात गत आर्थिक वर्षमा ३५ प्रतिशत हकप्रद निष्काशन गरेको थियो ।

समिक्षा अवधिमा बैंकले जगेडा कोषको आकार चार करोड चार लाख ९७ हजार रुपैंयाबाट १४ करोड ४३ लाख ४७ हजार रुपैंया पुर्याएको छ । बुटवलमा केन्द्रीय कार्यालय रही तीन जिल्ला कार्यक्षेत्र रहेको बैंकले गत आर्थिक वर्षको कमाईबाट कम्तीमा चार करोडको बोनस बितरण गरी पूँजी ५० करोड पुर्याउने छ ।

बैंकको निष्कृय कर्जा अनुपात ०.०६ प्रतिशतबाट बढेर ०.७५ प्रतिशत पुगेको छ । प्रतिसेयर नेटवर्थ १३१.३२ रहेको बैंकको मूल्य आम्दानी अनुपात १५.६८ गुणाले बढी छ ।

 

तपाईको प्रतिक्रिया

सम्बन्धित शीर्षकहरु

मुख्य खबर

निजी क्षेत्र अहिलेको जस्तो न्यून मनोबलको स्थितिमा पहिला कहिले पनि थिएन : अध्यक्ष ढकाल

नेपाल उद्योग वाणिज्य महासंघका अध्यक्ष चन्द्रप्रसाद ढकालले निजी क्षेत्रको संरक्षण र सुरक्षामा सरकारले काम गर्न नसकेको भन्दै असन्तुष्टि व्यक्त गरेका छन् । नेपाल उद्योग वाणिज्य महासंघले बुधबार आयोजना

सुरक्षाको प्रत्याभुति गर्न नपाएको निजी क्षेत्रको भनाई

निजी क्षेत्रका अगुवाहरुले सुरक्षाको प्रत्याभुति गर्न नपाएको गुनासो गरेका छन् । बैंक तथा वित्तीय संस्था परिसंघ नेपाल (सिबिफिन) को वार्षिक साधारणसभामा बोल्दै उनीहरुले जेनजी आन्दोलनबाट त्रसित निजी क्षेत्रलाई

नवनियुक्त आईजीपीको पहिलो निर्णय, वरिष्ठ सईसम्मलाई २ लाखको आकस्मिक कर्जा

नवनियुक्त प्रहरी महानिरीक्षक (आईजीपी) दानबहादुर कार्कीले वरिष्ठ प्रहरी नायब निरीक्षक (सई) सम्मको दर्जाका प्रहरीको सहुलियत कर्जा बढाउने निर्णय गरेका छन् । आईजीपीको दज्र्यानी चिन्ह प्राप्त गरेपछि

नेपालमा जस्तो अवसर र सम्भावना कतै देख्दिन : अध्यक्ष ढकाल

नेपाल उद्योग वाणिज्य महासंघका अध्यक्ष चन्द्रप्रसाद ढकालले आँफूले नेपालमा जताततै सम्भावना र अवसरहरु मात्र देख्ने बताएका छन् । अमेरिकाको टेक्ससमा शनिबार आयोजित हिमालयन कन्क्लेभमा धारणा राख्दै उनले

मनोरञ्जन

रियालिटी शो ‘एक्टिङ स्टार’ कलाकार बन्ने र सिनेमा खेल्ने अवसर

रियालिटी शो ‘एक्टिङ स्टार’को केहि महिना अघि डिजिटल अडिसनको आव्हान गरिएको थियो । डिजिटल अडिसन मार्फत हालसम्म कलाकार बन्न चाहने ५०० भन्दा बढीले भिडियो खिचेर पठाएको कार्यक्रम निर्माण कम्पनी महक मिडिया नेटवर्कले जानकारी गराएको छ ।

नयाँ रियालिटी शो ‘एक्टिङ स्टार’को डिजिटल अडिसन खुल्ला

अभिनयमा रुची राख्नेहरुका लागि नयाँ रियालिटी शो ‘एक्टिङ स्टार’को घोषणा भएको छ । आगामी १ भदौ देखि एक महिनासम्मको लागि डिजिटल अडिसन खुल्ला गरिएको छ ।

१० करोड रुपैयाँ लगानीको दीपक र दीपाको सिनेमा हल संचालनमा

कलाकारहरु दीपकराज गिरी, दीपाश्री निरौला र निर्मल शर्माको लगानी रहेको मल्टिलप्लेक्स हल शुक्रबारबाट संचालनमा आएको छ ।