logo

तिनाउ विकास बैंकको प्रतिसेयर आम्दानी घट्यो

    1352   पटक पढिएको

६ साउन / अर्थ र व्यापार – राष्ट्र बैंकले तोकेको पूँजी पुर्याउने क्रममा हकप्रद निष्काशन गरेको तिनाउ विकास बैंकको प्रतिसेयर आम्दानी घटेको छ । अघिल्लो आर्थिक वर्षमा २३ रुपैंया ४८ पैसा रहेको प्रतिसेयर आम्दानी गत आर्थिक वर्षमा २१ रुपैंयामा खुम्चिएको छ ।

अघिल्लो आर्थिक वर्षमा झण्डै दोब्बरले खुद नाफा बढाएको भए पनि यस पटक सामान्य बढोत्तरी हुँदा बैंकको प्रतिसेयर आम्दानीमा संकुचन आएको हो । समिक्षा अवधिमा बैंकको खुद नाफा आठ करोड एक लाख ६० हजार रुपैंयाबाट बढेर नौ करोड ६७ लाख २० हजार रुपैंया पुगेको छ ।

समिक्षा अवधिमा बैंकले चुक्ता पूँजी २४ करोड १३ लाख ७० हजारबाट ४६ करोड आठ लाख ४९ हजार रुपैंया पुर्याएको छ । बैंकले अघिल्लो आर्थिक वर्षको २५ प्रतिशत बोनस विवरण पश्चात गत आर्थिक वर्षमा ३५ प्रतिशत हकप्रद निष्काशन गरेको थियो ।

समिक्षा अवधिमा बैंकले जगेडा कोषको आकार चार करोड चार लाख ९७ हजार रुपैंयाबाट १४ करोड ४३ लाख ४७ हजार रुपैंया पुर्याएको छ । बुटवलमा केन्द्रीय कार्यालय रही तीन जिल्ला कार्यक्षेत्र रहेको बैंकले गत आर्थिक वर्षको कमाईबाट कम्तीमा चार करोडको बोनस बितरण गरी पूँजी ५० करोड पुर्याउने छ ।

बैंकको निष्कृय कर्जा अनुपात ०.०६ प्रतिशतबाट बढेर ०.७५ प्रतिशत पुगेको छ । प्रतिसेयर नेटवर्थ १३१.३२ रहेको बैंकको मूल्य आम्दानी अनुपात १५.६८ गुणाले बढी छ ।

 

तपाईको प्रतिक्रिया

सम्बन्धित शीर्षकहरु

मुख्य खबर

नेपालमा जस्तो अवसर र सम्भावना कतै देख्दिन : अध्यक्ष ढकाल

नेपाल उद्योग वाणिज्य महासंघका अध्यक्ष चन्द्रप्रसाद ढकालले आँफूले नेपालमा जताततै सम्भावना र अवसरहरु मात्र देख्ने बताएका छन् । अमेरिकाको टेक्ससमा शनिबार आयोजित हिमालयन कन्क्लेभमा धारणा राख्दै उनले

पर्यटन व्यवसायी अंगाईले गरे पुनर्निर्माण कोषमा १ लाख सहयोग

युवा पर्यटन व्यवसायी तथा आर्यतारा होल्डिङसका अध्यक्ष नवराज अंगाईले सरकारले सुरु गरेको भौतिक पूर्वाधार पुनर्निर्माण कोषमा १ लाख रुपैयाँ सहयोग गरेका छन् । जेनजी आन्दोलनको क्रममा तोडफोड र आगजनी

शीतल निवासमा ४ मन्त्रीले लिए शपथ

अन्तरिम सरकारमा नियुक्त भएका थप ४ मन्त्रीले अहिले पद तथा गोपनीयताको शपथ लिएका छन् ।

निजी क्षेत्रको मनोबल कम हुन दिंदैनौं : नवनियुक्त अर्थमन्त्री खनाल

नवनियुक्त अर्थमन्त्री रामेश्वर खनालले निजी क्षेत्रको मनोबल कम हुन नदिने बताएका छन् । सोमबार अर्थ मन्त्रालयमा पदभार ग्रहण गर्दै खनालले यस्तो बताएका हुन् ।

मनोरञ्जन

रियालिटी शो ‘एक्टिङ स्टार’ कलाकार बन्ने र सिनेमा खेल्ने अवसर

रियालिटी शो ‘एक्टिङ स्टार’को केहि महिना अघि डिजिटल अडिसनको आव्हान गरिएको थियो । डिजिटल अडिसन मार्फत हालसम्म कलाकार बन्न चाहने ५०० भन्दा बढीले भिडियो खिचेर पठाएको कार्यक्रम निर्माण कम्पनी महक मिडिया नेटवर्कले जानकारी गराएको छ ।

नयाँ रियालिटी शो ‘एक्टिङ स्टार’को डिजिटल अडिसन खुल्ला

अभिनयमा रुची राख्नेहरुका लागि नयाँ रियालिटी शो ‘एक्टिङ स्टार’को घोषणा भएको छ । आगामी १ भदौ देखि एक महिनासम्मको लागि डिजिटल अडिसन खुल्ला गरिएको छ ।

१० करोड रुपैयाँ लगानीको दीपक र दीपाको सिनेमा हल संचालनमा

कलाकारहरु दीपकराज गिरी, दीपाश्री निरौला र निर्मल शर्माको लगानी रहेको मल्टिलप्लेक्स हल शुक्रबारबाट संचालनमा आएको छ ।